प्रज्वल पाैडेल/असार ६, काठमाडौं । पुर्वमन्त्री तथा राप्रपाका नेता ईन्द्रप्रसाद ढुंगेलको गयराती निधन भएको छ ।

लामो समयदेखि क्यान्सरपीडित रहनुभएका ढु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/असार ६, काठमाडौं । पुर्वमन्त्री तथा राप्रपाका नेता ईन्द्रप्रसाद ढुंगेलको गयराती निधन भएको छ ।

लामो समयदेखि क्यान्सरपीडित रहनुभएका ढु"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व मन्त्री तथा राप्रपा नेता ढुंगेलको निधन

६ असार २०७४, मंगलवार ०५:०३


प्रज्वल पाैडेल/असार ६, काठमाडौं ।
पुर्वमन्त्री तथा राप्रपाका नेता ईन्द्रप्रसाद ढुंगेलको गयराती निधन भएको छ ।

लामो समयदेखि क्यान्सरपीडित रहनुभएका ढुंगेलको चावहिलस्थित ओम हस्पिटलमा निधन भएको हो ।
रामेछापका ढुंगेल तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको मन्त्रीमण्डलमा विज्ञान प्रविधि राज्यमन्त्री हुनुभएको थियो । ढुंगेल विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । नेपाली कंाग्रेसबाट राजनीतिक यात्रा सुरु गर्नुभएका ढुंगेल विपी कोइरालाबाट प्रभावित हुनुहुन्थ्यो ।

पछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर राजनीतिमा सक्रिय रहनुभएकाे थियाे । ढुंगेल २०६४ सालमा रामेछापबाट चुनाव लड्नुभएको थियो ।

यसैबीच राप्रपाका अध्यक्ष कमल थापाले ट्विटर मार्फत ढुंगेलको निधनले देश र पार्टीका लागि अपुरणिय क्षति पुगेको बताउनुभएको छ ।


पुर्व मन्त्री ढुङ्गेलकाे निधनपछि कसले के लेखे सामाजिक संजालमा….


राष्ट्रिय युवा परिषदका उपाध्यक्ष एवम् युवा नेता माधव प्रसाद ढुङ्गेल लेख्नुहुन्छ-"
पकरवासमा मावि स्कुलको स्थापना गरी शैक्षिक र राजनीतिक सचेतनाको मूल प्रेरक माधव नेपाल नेतृत्व सरकारका मन्त्री हाम्रा कान्छा वा ईन्द्रप्रसाद अव हामी माँझ रहनु भएन । लामो समय देखी क्यान्सर पीडित हुनुभो तर आउने जाने सवैसँग जोश,उत्साह र उत्प्रेरणा जगाई रहनु हुन्थ्यो ।

हक्की स्वभाव र अविचलित राजनीतिक व्यक्तित्व पुर्विय दर्शन आध्यात्मिक ज्ञानको निखरताका कारण कान्छावाका कुरा रसीला र सुनीरहु जस्तो लाग्ने हुन्थ्यो । अव वा ! यो तपाईको विशेषताको परिपुर्तिको खाडल तपाईलाई चिन्ने जान्ने र संगत गर्नेहरूले महसूस गरिरहने छन ।भावपूर्ण श्रद्दान्जली ……..!!!! "

एमाले नेता कैलाशप्रसाद ढुङ्गेल भन्नुहुन्छ-" कान्छा बा अर्थात इन्द्र प्रसाद ढुंगेल ( प्रजातान्त्रिक आन्दोलनका हस्ती , रामेछापको राजनितीका हामी सबैका अबिभाबक ) अब हामी संग रहनु भएन ।

एउटा आधार स्तम्भ स्वरुप ज्युदो ईतिहासको भारी बोकेको अबिभाबक गुमाउनु पर्दाको पिडा सहि नसक्नु भएको छ । हिजो बेलुका उपचारको क्रममा ॐ अस्पतालमा उहाँको असामयीक निधन भएको खबरले मर्माहित भएको छु । जीवनमा सधै आइपर्ने अनेकौ कस्ट हुदा पनि मिठा कुराले हसाउने ,संझाउने र निरास हुनबाट बाच्न सिकाउने आदरणीय कान्छा बा प्रती गहिरो भाबपूर्ण श्रध्दान्जली अर्पण गर्दै सबैमा समबेदना ब्यक्त गर्दछु ।"

पत्रकार टीका भट्ट लेख्नुहुन्छ -"नेपाली राजनीतिकाे धेरै कालखन्डका भुक्तभाेगी, पूर्व राज्य मन्त्री इन्द्रप्रसाद ढुंगेलकाे निधनले स्तव्ध भएकाे छु । स्वर्गिय ढुंगेल प्रति श्रद्दाञ्जली ।"

पत्रकार हिमाल ढुङ्गेल भन्नुहुन्छ -"अाज फेरि उज्यालाे हुन नपाउँदै अर्काे दुःखद खवर प्राप्त भयाे पूर्व मन्त्रि इन्द्रप्रसाद ढु्ंगेलकाे दुखद निधनकाे । केहि महिना अगाडिसम्म अस्पतालमा हुँदा एउटा पुस्तक लेख्ने इच्छाले लेखन कार्य शुरू गरेकाे बताउनुहुन्थ्याे ।

सायद त्याे पनि पुरा गर्न पाउनु भएन हाेला। अाफ्नाे सम्पूर्ण जिवन नेपाल र नेपालिकाे हितका लागि अर्पण गर्नु भएका स्व. हजुरबुबा इन्द्रप्रसाद ढुंगेलकाे अात्माले शान्ति पाअाेस । हार्दिक श्रद्धान्जली ।"

रामेछापका अधिकासं व्यक्तिहरूले सामाजिक संजालमार्फत ढुङ्गेलकाे निधनप्रति दुख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या