१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा माओवादीले मात्र उठायो प्रमुख पदमा महिला उम्मेदवार

६ असार २०७४, मंगलवार १२:२१

असार ६, दाङ । दलहरुले समानताको कुरा बेलाबेलामा उठाउने गरे पनि स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा यहाँ महिलाको प्रतिनिधित्व न्यून मात्रामा रहेको छ ।

यहाँका दलहरुले महिलालाई उपमहानगरपालिकामा उपप्रमुख र गाउँपालिकामा उपाध्यक्ष तथा वडाहरुमा सदस्यहरुको जिम्मेवारी दिए पनि प्रमुख र गाउँपालिकाको अध्यक्षमा भने एक दुईजना मात्रै महिलाको सहभागिता रहेको पाइएको छ ।

पछिल्लो सङ्घात्मक संविधानले किटान गरेको ३३ प्रतिशत महिला सहभागितालाई दलहरुले पूरा गर्न नसकेको महिलाले बताएका छन् । “हाम्रो माग त ५० प्रतिशत नै हो तर स्थानीय चुनावमा हाम्रो सहभागिता न्यून छ” – महिला नेत्री देविका नेपालीले भने।

अन्य समयमा दलहरुले भाषणमा महिला सहभागिताको कुरा गरे पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न नसकेको महिलाले गुनासो गरेका छन् । यसले गर्दा महिलाका बारेमा अझै पनि समान दृष्टिकोण नपुगेको महिला चन्द्रा वलीले बताए ।

“भाषण र दलहरुले महिलाको सवालमा चर्का कुरा गर्ने गर्छन् तर स्थानीय तहमा महिलालाई उपप्रमुखमै र उपाध्यक्षमै चित बुझाउनुपरेको छ, हामीहरुलाई पनि जिम्मेवारी दिए जुनसुकै काम पनि गर्न सक्छौँ”– उनले भने ।

यहाँ रहेका मुख्य दल नेपाली कांग्रेस, नेकपा एमालेले दाङका दुई उपमहानगरपालिका, एउटा नगरपालिका र सातवटा गाउँपालिकामा कुनै पनि महिलालाई प्रमुख पदमा राखेको छैन भने नेकपा माओवादी केन्द्रले भने लमही नगरपालिकाको प्रमुखमा द्रोपती पौडेललाई प्रमुख पदको टिकट दिएको जनाएको छ ।

त्यस्तै, एमाले दाङले उपमहानगरपालिका ३८ वटा वडामध्ये तुलसीपुर उपमहानगरपालिकाको वडा नं ३ मा सुशीला आचार्य र राप्ती गाउँपालिकाको वडा नं १ मा रत्ना श्रेष्ठलाई वडाध्यक्षको उम्मेदवार बनाएको नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्काले जानकारी दिए । उनले स्थानीयस्तरबाटै नाम छनोट गरी पठाउँदा कुनै पनि महिलाको नाम नआएको र आएको स्थानमा पार्टीले टिकट दिएको बताए ।

त्यस्तै, कांग्रेसले पनि दाङको एउटा वडामा मात्र प्रमुख पदमा महिलालाई वडाध्यक्षको टिकट दिएको छ । काँग्रेसले तुलसीपुर उपमहानगरपालिकाको वडा नं ४ मा चित्रा गिरीलाई वडाध्यक्षको टिकट दिएको कांग्रेस दाङका जिल्ला सदस्य सुरेन्द्र खड्काले जानकारी दिए । उनले जिल्लाका अन्य स्थानमा महिलालाई सदस्यमा धेरै टिकट दिए पनि मुख्य पदमा भने कसैको प्रतिनिधित्व नभएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव