७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले सरकारी साधन र स्रोतको दुरुपयोग गर्यो: एमाले

६ असार २०७४, मंगलवार १२:४७

असार ६, काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्ने गरी सत्ता, साधन र स्रोतको दुरुपयोगका कारण कपिलवस्तुमा बम विस्फोटको घटना भएको जनाएको छ । 

एमालेले आज विज्ञप्ति जारी गरी आफ्ना नेता–कार्यकर्तामाथि आक्रमण गर्ने, ज्यान लिने, शान्तिपूर्ण कार्यक्रममा अवरोध सिर्जना गर्ने र सरकारी तहबाट आचारसंहिताको उल्लङ्घन गर्नेसम्मका क्रियाकलाप भएकामा ध्यानाकर्षण गराएको छ । 

यही असार ४ गते बाजुराको छेडेदह–६ मा निर्वाचनमा मनोनयनपत्र दर्ता गर्न गइरहेको एमालेको जुलुसमाथि आक्रमण गरेर सत्ताधारी नेपाली कांग्रेसका कार्यकर्ताले आफ्ना कार्यकर्ता हंसबहादुर रावतको हत्या गरेका एमालेको आरोप छ । 

“घटनामा संलग्न अपराधीहरुका विरुद्ध मुद्दा दर्ता गर्न खोज्दा सत्ताको दुरुपयोग गर्दै मुद्दा दर्ता गरिएको छैन भने अपराधमा संलग्न सबै जनालाई पक्राउ गरिएको छैन ।” एमालेका महासचिव ईश्वर पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । 

यस्तै बाँके र सोलुखुम्बुमा पनि एमालेका कार्यकर्तामाथि हिंसा भएको एमालेको दाबी छ । निर्वाचनलाई व्यवस्थित, स्वच्छ र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पालना गर्न एमालेको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या