४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन बहिष्कारपछि नेचा सल्यान जनप्रतिनिधिविहीन

७ असार २०७४, बुधबार ०७:१२


असार ७, सोलुखुम्बु । साबिक तिङ्ला गाविस हाल नेचा सल्यान गाउँपालिका वडा नं ६ जनप्रतिनिधिविहीन बन्ने भएको छ । 

आइतबार मनोनयन दर्ता गरेका नेपाली काँग्रेसका उम्मेदवार टङ्क कार्कीको वारेसनामाबाट उम्मेदवारी दर्ता भएपनि अयोग्य ठहरेपछि उम्मेदवारी रद्द भएको छ । 

यस्तै, सोही वडाबाट दुई जनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए । स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएका ज्ञानबहादुर राई र हर्कबहादुर विश्वकर्माले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उक्त वडा जनप्रतिनिधिविहीन बन्ने भएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो । 

तिङ्लावासीले आफूहरुको भावना विपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेकोप्रति असन्तुष्टी जनाउँदै निर्वाचनमा भाग नलिने अडान राख्दै आएका थिए तर नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गराउन गएका टङ्क कार्कीलाई बाटैबाट तिङ्लावासीले नियन्त्रणमा लिएर दर्ता गराउन जान रोकेको भएपनि वारेसनामाबाट उम्मेदवारी दर्ता गरिएको थियो । 

तर कार्कीको उम्मेदवारी रद्द भएपछि अन्य स्वतन्त्रबाट मनोनयन दर्ता गरेकाले पनि आन्दोलनलाई सहयोग गर्ने भन्दै फिर्ता लिएका छन् । आफूहरुको माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने अडान राख्दै आएका तिङ्लावासीले निर्वाचनको अन्तिम घडीमा पनि अडान कायम राखेका छन् । निर्वाचनमा भाग नलिने यो सम्भवत नेपालमै पहिलो वडा हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ