२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश र संसदको निर्वाचन एकै चरणमाः डा. महत

७ असार २०७४, बुधबार १२:३४

असार ७, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् निर्वतमान परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मंसिर अन्तिमसम्म प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा सम्पन्न गर्नेगरि सरकारले गृहकार्य सुरु गरेको बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले मंसिरसम्म सरकारले दुई वटै निर्वाचन एकै चरणमा सम्पन्न गर्नेगरि अहिलेदेखि नै तयारी सुरु गरिसकेको बताएका हुन् । 

उनले भने,‘दुईवटा निर्वाचन छुट्टाछुट्टै गर्दा धेरै खर्चिलो र झन्झटिलो हुने भएकोले एकै चरणमा निर्वाचन गर्नुपर्छ भन्ने मेरोपनि पनि मान्यता हो, अहिले सरकारले त्यही अनुसार गृहकार्य सुरु गरिरहेको छ ।’

उनले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्दा पैसाको मात्रै बचत नभएर मुलुकको सिमित साधन र स्रोधहरुको पनि बचत हुने जिकिर गरे । महतले भने,‘एकै चरणमा निर्वाचन गर्दा मुलुक र जनता दुवैको लागि हितकर हुन्छ।’ त्यस्तै उनले एकै चरणमा निर्वाचन गर्दा पार्टीले उम्मेद्धवारलाई टिकट दिन पनि सहज हुने जिकिर गरे ।

महतले संविधान कार्यान्वयन गर्नको लागि कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको उल्लेख गर्दै भने,‘हामी दुई पार्टीवीचको तालमेल भनेको लोकतन्त्रलाई संस्थागत गर्न र विधिको बाटोमा मुलुकलाई हिँडाउनको लागि हो, मुलुकमा शान्ति प्रक्रिया सुरु गर्दापनि हामी दुई पार्टीवीच सहमति, सहकार्य र एकता भएको हो।’

स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलले सहमतिको राजनीतिलाई अगाडि बढाउन सहयोग पुगेको उनको विश्वास थियो । महतले भने,‘चुनावी तालमेलले जनतालाई फाईदा पुगेको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली