२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश र संसदको निर्वाचन एकै चरणमाः डा. महत

२०७४, ७ असार बुधबार १२:३४

असार ७, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् निर्वतमान परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मंसिर अन्तिमसम्म प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा सम्पन्न गर्नेगरि सरकारले गृहकार्य सुरु गरेको बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले मंसिरसम्म सरकारले दुई वटै निर्वाचन एकै चरणमा सम्पन्न गर्नेगरि अहिलेदेखि नै तयारी सुरु गरिसकेको बताएका हुन् । 

उनले भने,‘दुईवटा निर्वाचन छुट्टाछुट्टै गर्दा धेरै खर्चिलो र झन्झटिलो हुने भएकोले एकै चरणमा निर्वाचन गर्नुपर्छ भन्ने मेरोपनि पनि मान्यता हो, अहिले सरकारले त्यही अनुसार गृहकार्य सुरु गरिरहेको छ ।’

उनले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्दा पैसाको मात्रै बचत नभएर मुलुकको सिमित साधन र स्रोधहरुको पनि बचत हुने जिकिर गरे । महतले भने,‘एकै चरणमा निर्वाचन गर्दा मुलुक र जनता दुवैको लागि हितकर हुन्छ।’ त्यस्तै उनले एकै चरणमा निर्वाचन गर्दा पार्टीले उम्मेद्धवारलाई टिकट दिन पनि सहज हुने जिकिर गरे ।

महतले संविधान कार्यान्वयन गर्नको लागि कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको उल्लेख गर्दै भने,‘हामी दुई पार्टीवीचको तालमेल भनेको लोकतन्त्रलाई संस्थागत गर्न र विधिको बाटोमा मुलुकलाई हिँडाउनको लागि हो, मुलुकमा शान्ति प्रक्रिया सुरु गर्दापनि हामी दुई पार्टीवीच सहमति, सहकार्य र एकता भएको हो।’

स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलले सहमतिको राजनीतिलाई अगाडि बढाउन सहयोग पुगेको उनको विश्वास थियो । महतले भने,‘चुनावी तालमेलले जनतालाई फाईदा पुगेको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी