सरु शर्मा | असार ८, नवलपरासी | राष्टिृय जनता पार्टि नेपाल नवलपरासीका कार्यकर्तालाई प्रहरीले प्रकाउ गरेको छ । चुनाव बहिष्कारको रणनितिका साथ चुनावमा मतदान नर्गन आग्रह गर्दै ह"/>
सरु शर्मा | असार ८, नवलपरासी | राष्टिृय जनता पार्टि नेपाल नवलपरासीका कार्यकर्तालाई प्रहरीले प्रकाउ गरेको छ । चुनाव बहिष्कारको रणनितिका साथ चुनावमा मतदान नर्गन आग्रह गर्दै हिडेको राजपाका कायकर्तालाई आज प्रहरीले रामग्राम नगरपालिकाको मन्झरीया चोक बाट प्रकाउ गरेको हो ।
राजपाले केही दिन देखि चुनावमा मतदान नर्गन गाउगाउका सर्बसाधारणलाई आग्रह गर्दै घरदैलो गरीरहेको छ । सोही क्रम्मा आज प्रहरीले आचारसँहिता बिपरीत गतिबिधि गरेको भन्दै राजपाका जिल्ला सँयोजक पुरन चौधरी, राष्टिृय उपाध्यक्ष गोविन्द चौधरी, बिजय अग्रहरी, प्रबक्ता राधेरमण पाण्डे, ओमप्रकास चौधरी, अभिमन्यु यादवलाई प्रकाउ गरेको डिएसपि बिष्णु हरी कोईरालाले जानकारी दिनुभयो ।
यता राजपाका प्रबक्ता रामज्ञा पाण्डेले भने लोकतन्त्रमा आफ्नो बिचार राख्ने स्वतन्त्रता हुदा हुदै पनि प्रहरीले हस्तक्षेप गरी आफ्ना कार्यकर्तालाई प्रकाउ गरेको बताउनुभएको छ । यसैबिच राजपाले आज पनि पाल्हिनन्दन गाउपालिकाको गेर्मी, भगतपुरवा, चिमनटोला लगायतका स्थानमा मुकर्जी गिरीको सँयोजकत्वमा चुनावमा मतदान नगर्न घरदैलो गरेको छ ।