असार ८, नेपालगन्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस, पहाड र हिमालका जनतालाई एकताको सूत्रमा जोडेर मात्र मुलुकको विकास क्रमल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ८, नेपालगन्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस, पहाड र हिमालका जनतालाई एकताको सूत्रमा जोडेर मात्र मुलुकको विकास क्रमल"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘निर्वाचनबाट भाग्नु जनताको अधिकार स्वीकार गर्न नसक्नु हो’

२०७४, ८ असार बिहीबार ११:०९


असार ८, नेपालगन्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस, पहाड र हिमालका जनतालाई एकताको सूत्रमा जोडेर मात्र मुलुकको विकास क्रमलाई अघि बढाउन सकिने बताउनुभएको छ । 

आज बाँके जिल्लाको चार बेग्लाबेग्लै स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मधेसी, पहाडी र जनजातिलाई अपमान गर्ने साँचो अर्थमा राष्ट्रवादी हुन नसक्ने बताउनुभयो । मधेस, पहाड र हिमालमा बसोबास गर्ने आमनेपालीको एकताका कारण नै संविधानले स्वीकार्यता पाएको स्पष्ट पार्नुभयो । 

“निर्वाचन अमुक पार्टी विशेषको हुँदै होइन, यो त जनताको सार्वभौम अधिकारसँग जोडिएको विषय भएकाले यसबाट पछि हट्नु भनेको जनताको अधिकारलाई स्वीकार गर्न नसक्नु नै हो” – अध्यक्ष दाहालले भन्नुभयो । 

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो – “मुलुकको आमूल परिवर्तनका लागि जनताको बलमा हतियार उठाएको आफ्नो दलले अहिलेको परिवर्तनलाई संस्थागत गर्न खोजेको छ । सिंहदरबारको अधिकार गाउँमा पु¥याउन खोजेको छ । यसमा आमजनताले हामीलाई साथ दिनेछन् ।” 

उहाँको थप भनाइ थियो – “चुनाव हारजित हुनु स्वाभाविक हो, तर मुलुक हार्नु हुँदैन, जनता हार्नु हुदैन, लोकतान्त्रिक व्यवस्था हार्नु हुँदैन । यो भावना जनजनमा प्रवाहित हुनु जरुरी छ, निर्वाचनलाई त्यसरी नै बुझ्नुपर्छ ।”  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन