२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीका सई वडाध्यक्षका उम्मेदवार

२०७४, ८ असार बिहीबार १२:२९

असार ८, तेह्रथुम । तेह्रथुममा प्रहरी नायव निरीक्षक रामबहादुर खड्काले जागिर छाडेर वडाध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

खड्काले ‘आफ्नो विचार मिल्ने भएकाले जागिर छाडेर गाउँको विकास र समृद्धिका लागि नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएको’ बताउनुभयो ।

‘जागिर पनि लामो समयसम्म खाएँ’ उहाँ भन्नुहुन्छ, ‘चुनाव आएपछि गाउँका बासिन्दाले उम्मेदवारी देउ, गाउँको विकासका लागि तिम्रो आवश्यकता छ भनेपछि उम्मेदवार भएको हुँ ।’ प्रहरी सेवामा रहँदा थुप्रै वर्ष जिल्लामै रहेर उहाँले नागरिकको सेवा गर्नुभएको थियो । 

‘प्रहरी सेवामा हुँदा आफूले सुशासन, पारदर्शिताकै लागि काम गरेको भन्दै, भ्रष्टाचारको अन्त्य र गाउँको आर्थिक–सामाजिक विकास नै मुख्य एजेन्डा भएको उहाँले बताउनुभयो ।’प्रहरी सेवामा जवानबाट भर्ती हुनुभएका उहाँ हवल्दार, प्रहरी सहायक निरीक्षक र नायव निरीक्षक  भएर झण्डै डेढ दशक काम गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन