असार ८, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ८, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर"/>
७ माघ २०८२, मंगलवार
काठमाडौँ - KTM

आयोग राजनीतिक पूर्वाग्रहमा चलेको छैन: यादव

८ असार २०७४, बिहीबार १३:०५

असार ८, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगका आफ्नै नियम कानुन भएकाले सरकारको दबाब र राजनीतिक पूर्वाग्रहमा नचल्ने बताउनुभएको छ । 

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)द्वारा यहाँ आज आयोजित राष्ट्रिय पर्यवेक्षक अभिमुखीकरण कार्यक्रममा उहाँले स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर प्रकरणमा आयोगले गरेको निर्णय ठीक छ भन्दै सो विषयमा कसैले पनि बहस गर्न आवश्यक नरहेको जिकिर गर्नुभयो । 

उक्त घटना सर्वोच्च अदातलमा पुगिसकेकाले अदालतको फैसलनुसार नै अघि बढ्नुपर्नेमा डा यादवले जोड दिनुभयो । उहाँले स्थानीय तहअन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका, दृष्टिविहीन तथा अशक्त व्यक्तिलाई विशेष प्राथमिकता दिन निर्देशनसमेत दिइसकेको जानकारी दिनुभयो । 

कार्यक्रममा पूर्वउपराष्ट्रपति परमान्द झाले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा आफूलाई पर्यवेक्षकको दायित्व प्राप्त भएको र आफूले स्वतन्त्र तथा निष्पक्ष भएर आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभयो । 

आयोग निरीह रहेको आरोप 

नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भरतपुर प्रकरणमा निर्वाचन आयोगसमेत निरीह देखिएको आरोप लगाउँदै सरकारको सहयोगबिना स्वच्छ, निष्पक्ष र धाँधलीरहित चुनाव हुन नसक्ने बताउनुभयो । उहाँले स्वतन्त्र निर्वाचन प्रणाली स्थापित गराउने विषयमा सबैको ध्यान जानुपर्ने बताउँदै विभिन्न राजनीतिक दललाई निर्वाचनसम्बन्धी अभिमुखीकरण गर्न आवश्यक रहेको सुझाव दिनुभयो । 

कार्यक्रममा नियोकका महासचिव डा गोपालकृष्ण शिवाकोटीले पर्यवेक्षकले गर्न हुने र नहुने विषयमा कार्यपत्र प्रस्तुत गर्दै चुनावमा पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या