असार ९, तेह्रथुम | तेह्रथुममा स्थानीय चुनावका लागि ६१ जना निर्वाचन पर्यवेक्षकहरु खटिएका छन् । 

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकले गरेको प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ९, तेह्रथुम | तेह्रथुममा स्थानीय चुनावका लागि ६१ जना निर्वाचन पर्यवेक्षकहरु खटिएका छन् । 

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकले गरेको प"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा ६१ जना निर्वाचन पर्यवेक्षक

९ असार २०७४, शुक्रबार ०२:२८

असार ९, तेह्रथुम | तेह्रथुममा स्थानीय चुनावका लागि ६१ जना निर्वाचन पर्यवेक्षकहरु खटिएका छन् । 

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकले गरेको पर्यवेक्षण सम्बन्धी जिल्ला स्तरीय अनुशिक्षणमा मुख्य निर्वाचन अधिकृत इन्द्रकुमार चोङटेङलीले विभिन्न १५ वटा संस्थाका ६१ जना पर्यवेक्षकहरु पर्यवेक्षणमा खटिएका जानकारी दिए । उनले निर्वाचनको निष्पक्ष, तटस्थ र आचारसंहिताको सीमाभित्र रहेर पर्यवेक्षण गर्न सुझाव दिदै निर्वाचनको विश्वासनियतामा पर्यवेक्षकहरुको महत्वपुर्ण भूमिका हुने बताए । जिल्लामा नियोकसहित नेपाल मानव अधिकार संगठन, अनौपचारिक क्षेत्र सेवा केन्द्र लगायत संस्थाका पर्यवेक्षकहरु खटिएका छन् । 

जिल्लाका विभिन्न मतदान केन्द्रमा नियोकले मात्रै १६ जना पर्यवेक्षकहरु खटाएको जिल्ला सचिव रोशन श्रेष्ठले बताए । कार्यक्रममा सहभागीलाई जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राई र नियोकका फोकल पर्सन महेन्द्रप्रसाद काफ्लेले पर्यवेक्षण सम्बन्धमा बनेका ऐन कानुन, पर्यवेक्षकले गर्न हुने र नहुने कामहरुबारे जानकारी गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा