७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

घोषणापत्र जारी गर्दै जनप्रतिनिधिको भेला सम्पन्न

९ असार २०७४, शुक्रबार ०७:०७

असार ९, सुर्खेत । एक्काइस बुँदे सुर्खेत घोषणापत्र जारी गर्दै प्रदेश नं ६ का जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम विहिवार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा आयोजित “स्थानीय तह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण” कार्यक्रमको समापन अवसरमा जारी उक्त घोषणापत्रमा स्थानीय समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्न स्थानीय तहभित्रकै प्राकृतिक स्रोत साधनको अधिकतम परिचालन र उपयोग गरी आर्थिक समृद्धि हासिल गर्ने उल्लेख छ । 

घोषणपत्रमा पर्यटन प्रवद्र्धनका लागि स्थानीय स्रोत साधनको परिचालन गर्ने, काँक्रेविहार, रारा, से–फोक्सुन्डो, पचाल झरना, रलिङ्ग्रम्चा, मानसरोवर र सिंजा सभ्यतालगायतका सांस्कृतिक, धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थलहरुको विकास, विस्तार र संरक्षणका लागि गुरुयोजना तयार गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिने, प्रदेश सडक गुरुयोजना निर्माण गरी जिल्ला, नगर र गाउँपालिकालाई केन्द्रसम्मको सडक सञ्जालमा जोड्ने, प्रदेश नं ६ मा भएका सम्भावित क्षेत्रमा हाइड्रोपावर सञ्चालन गर्ने तथा वायु ऊर्जाको सम्भाव्यता अध्ययन गरी परियोजना तयार गर्ने उल्लेख छ । 

त्यस्तै सिँचाइ सुविधा नपुगेका क्षेत्रमा सिँचाइको व्यवस्था गर्ने, ‘एक जिल्ला एक पहिचान, एक गाउँ एक उत्पादन’लाई विशेष प्राथमिकता दिइने, स्थानीय उद्यमशीलता तथा रोजगारीको प्रवद्र्धन गर्ने, नगर तथा गाउँपालिकाको केन्द्र जोड्ने पक्की सडक सञ्जाललाई विस्तार गर्ने, आयआर्जनमा वृद्धि गरी जीवनस्तरमा सुधार ल्याउने, सिंजा राज्यको मूल मार्ग बर्दिया राजापुरको मङ्गलबारेदेखि मुगु नाम्चे लाग्ना जो मार्गलाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र बनाउनेजस्ता साझा प्रतिबद्धता घोषणापत्रमा गरिएको छ । 

कार्यक्रममा प्रदेश नं ६ का ७९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको सहभागिता थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या