२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाका १८ मतदानस्थल अतिसंवेदनशील

२०७४, ९ असार शुक्रबार ०७:०८

असार ९, पाल्पा । स्थानीय तहको निर्वाचनका लागि निर्धारण भएका पाल्पाका १८ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा जम्मा ११८ वटा मतदानस्थल तोकिएको छ । 

तानसेन तगरपालिकामा तीनवटा, रामपुर नगरपालिकामा छवटा, माथागढी गाउँपालिकामा एउटा, तिनाहुँ गाउँपालिकामा चार र रैनादेवी छहरा गाउँपालिकामा चारवटा गरी जम्मा १८ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन् । 

त्यस्तै जिल्लामा ४० वटा मतदानस्थल संवेदनशील रहेका छन् । जसअन्तर्गत तानसेन नगरपालिकामा सात, रामपुर नगरपालिकामा चार, निस्दी गाउँपालिकामा दुई, पूर्वखोला गाउँपालिकामा तीन, रम्भा गाउँपालिकामा पाँच, वगनासकाली गाउँपालिकामा तीन, माथागढी गाउँपालिकामा चार, रिब्दिकोट गाउँपालिकामा तीन, तिनाहुँ गाउँपालिकामा दुई र रैनादेवी छहरा गाउँपालिकामा छवटा मतदानस्थल संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्लाभरमा ६० वटा मतदानस्थल सामान्य अवस्थामा छन् । जसमा तानसेन नगरपालिकामा १२, रामपुर नगरपालिकामा चार, निस्दी गाउँपालिकामा सात, पूर्वखोला गाउँपालिकामा पाँच, रम्भा गाउँपालिकामा चार, बगनासकाली गाउँपालिकामा आठ, माथागढी गाउँपालिकामा पाँच, रिब्दिकोट गाउँपालिकामा सात, तिनाहुँ गाउँपालिकामा चार र रैनादेवी गाउँपालिकामा चारवटा रहेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन