७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सचिव सरुवाले निर्वाचनमा कुनै असर पर्दैन्: आयुक्त यादव

९ असार २०७४, शुक्रबार ०९:२५

असार ९, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीको सरुवाले असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई कुनै असर नपर्ने स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आयोगका सचिवको हिजो भएको सरुवाले असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई कुनै पनि असर नपर्ने बताएका हुन् । 

उनले भने,‘सचिवको सरुवाले निर्वाचनसम्बन्धी व्यवस्थापकीय काममा कुनै बाधा, अडचन र अवरोध पर्दैन्, हाम्रो व्यवस्थापन अत्यन्तै सुदृढ छ, हामी चुस्त, दुरुस्तका साथ अघि बढेका छौं, निर्वाचन आयोगले प्रणालीले चलेको संस्था हो, कर्मचारीको सरुवाले केही फरक पर्दैन् ।’

यादवले आयोगका सचिवको सरुवालाई आफूहरुले सहज रुपमा लिएको समेत स्पष्ट पारे । उनले भने,‘आयोगका सचिवको सरुवालाई लिएर अहिले मिडियामा ठूलो हल्ला छ, तर यही असार १४ गते हुने निर्वाचनलाई यसले कुनै असर गर्दैन, आयोगले यसलाई सहज रुपमा लिएको छ, यो एउटा स्वभाविक प्रक्रिया हो, त्यही अनुसार सरुवा भएको हो, मैले ०६३ सालदेखि अहिलेसम्म आयोगमा १३ वटा सचिवहरुको सरुवा भोगेको छु, त्यसैले यो निर्वाचन ऐतिहाँसिक रुपमा सफल हुन्छ, कर्मचारीको सरुवाले निर्वाचनलाई कुनै किसिमको प्रभाव पार्दैन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह