२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन्

२०८१, ३ कार्तिक शनिबार १३:३७

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रकाउ गरिएको विरोधमा पोखरामा प्रदर्शन जारी छ । रास्वपाको आह्वानमा आज पोखराको मानवअधिकार चोकमा प्रदर्शन भएको हो ।

शुक्रबार प्रहरीले सभापति लामिछानेलाई पक्राउ गरेपछि पार्टीका नेता तथा कार्यकर्ताहरूले शनिबार पोखरामा विरोध प्रदर्शन गरेका हुन् ।

पोखराको चिप्लेढुंगास्थित मानव अधिकार चोकमा रास्वपाको नेता कार्यकर्ताले विरोध सुरु गरेका हुन् । प्रदर्शनकारीले ‘राजनीतिक प्रतिशोध बन्द गर्, भ्रस्टहरूलाई कारबाही गर्, सहकारी पीडितलाई न्याय दे’ जस्ता प्लेकार्ड बोकेका छन् ।

दुईतिहाइको सरकारले दम्भ देखाएर पार्टी सभापतिलाई पक्राउ गरेको प्रदर्शनकारीहरूको भनाइ छ ।

प्रदर्शनपछिको कोण सभालाई सम्बोधन गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सरकारले अदालतमा समेत आफ्नो मान्छे राखेर मनपरी गरेको आरोप लगाएका छन् ।

शनिबार पोखरामा प्रर्दशन पछिको कोणसभालाई सम्बोधन गर्दै प्रवक्ता झाले सरकार अब नाङ्गिएको बताएका हुन् । उनले भने, ‘यो सरकारले सबै ठाउँमा आ–आफ्ना मान्छे पुर्याउने, आफ्नो कार्यकर्ता भर्ती गर्ने काम गरिरहेको छ । हुँदाहुँदै अदालतमा पनि आफ्नो कार्यकर्ता पुर्याएको छ । यसको परिणाम हामीले देखिसकेका छौं यो सरकार नाङ्गिएको छ ।’

झाले नेपाली कांग्रेसको महामन्त्री गगन थापालाई पनि धन्यवाद दिंदै व्यङ्यात्मक रुपमा भने,‘गगन थापा तिमी पनि नाङ्गियौं अब, किनकी अब देशमा युवा पुस्ताले राजनीतिक गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे किन बोल्न सक्दैनौं । नयाँ दल, पढेलेखेका मान्छे, यहीँ राजनीतिक अभ्यास गर्न चाहने मान्छे देखेर किन आत्तिएको र’

यस्तै उनले भुटानी काण्डमा मान्छेलाई बेचेर सरकारले आफ्नो मन्त्री बनाएको होइन भनेर प्रश्न गरे । उनले शेरबहादुर देउवा लोकतन्त्रको सबैभन्दा ठूलो ठग भएको आरोप लगाएका छन् ।उनले भने, ‘भुटानी काण्डमा मान्छेलाई बेचेर सरकारले मन्त्री बनाएको होइन र सदियौंदेखि भ्रष्ट लिएर हिँड्ने प्रवृति हाबी भइसकेको छ । शेरबहादुर देउवा त सबैभन्दा ठूलो ठग हुन । लोकतन्त्रको सबैभन्दा ठूलो ठग हुन । त्यसको जवाफ हामीले दिनैपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह