असार ९, धनगढी । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमा काँग्रेस विजयी हुनुपर्ने ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ९, धनगढी । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमा काँग्रेस विजयी हुनुपर्ने ब"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान कार्यान्वयन गर्न काँग्रेसले जित्नुपर्छ: प्रधानमन्त्री

९ असार २०७४, शुक्रबार १३:२१


असार ९, धनगढी । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमा काँग्रेस विजयी हुनुपर्ने बताउनुभएको छ । 

धनगढी उपमहानगरपालिकाको फूलबारी र मनहेरामा आज छुट्टाछुट्टै रुपमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनसँग सम्बन्धित भएकाले यो चुनावमा काँग्रेसले जित्नै पर्ने उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री देउवाले जनताको अधिकारका लागि सात सालदेखि हालसम्म भएका परिवर्तनका आन्दोलनको नेतृत्व काँग्रेसले गरेकै कारण नेपाली जनता अधिकारसम्पन्न भएको उल्लेख गर्दै अहिलेको संविधान कार्यान्वयनका लागि पनि काँग्रेसलाई साथ दिन आग्रह गर्नुभयो । 

प्रधानमन्त्री देउवाले भन्नुभयो, “प्रजातन्त्र टिकाउन र सुदृढीकरण गर्नका लागि काँग्रेसको विकल्प छैन ।” 

विकासको दृष्टिकोणले देशका अन्य क्षेत्रभन्दा पछाडि परेको ७ नम्बर प्रदेशको समग्र विकासका लागि काँग्रेसले पहल गरिरहेको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेज निर्माणमा अवरोध गरेको भन्ने आफूप्रति लागेको आरोपको खण्डन गर्दै भन्नुभयो, “नमुना मेडिकल कलेज बन्नुपर्छ भन्ने व्यक्ति कसरी अवरोध गर्न सक्छ ।” 

उहाँले गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नमुनाको बनाउने, आयुर्वेदिक अस्पताल स्थापना गर्ने र औद्योगिक क्षेत्र निर्माण गर्ने दृढता व्यक्त गर्नुभयो । उहाँले कैलालीको गौरीफन्टा भन्सार नाकालाई व्यवस्थित नाका बनाउन भारत सरकारसँग कुरा भएको बताउनुभयो । 

प्रधानमन्त्रीले चुनावपछि चुनिएर आउने जनप्रतिनिधिमार्फत विकास निर्माणका काम हुने भएकाले यो चुनाव बिशेष महत्वको रहेको उल्लेख गर्दै काँग्रेस विजयी भए वृद्धभत्ता दोब्वर पार्ने, सात नम्बर प्रदेशको चमेलिया जलविद्युत आयोजना र पश्चिम सेती जलविद्युत आयोजनाको कार्यान्वयन गरिने बताउनुभयो । 

पूर्व पश्चिम राजमार्गअन्तर्गत कैलाली कञ्चनपुरमा पर्ने २२ वटा पुल आफ्नै नेतृत्वको सरकारले निर्माण गरेको स्मरण गराउँदै उहाँले आगामी पाँचवर्षमा सात नम्बर प्रदेशका हरेक गाउँमा सडकलगायतका पूर्वाधारको विकास गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले काँग्रेसको नेतृत्वमा मात्रै मुलुकमा विकास र समृद्धि सम्भव रहेको बताउनुभयो । 

अर्का नेता प्रदीप पौडेलले पहाडी अतिवाद र मधेसी अतिवादको चक्रव्युहमा अहिले देश फसेको उल्लेख गर्दै यसलाई जोड्दै सवै नेपालीबीच राष्ट्रिय एकता कायम गर्न काँग्रेसले मात्रै सक्ने बताउनुभयो । 

सभामा काँग्रेसको तर्फबाट धनगढी उपमहानगरकापालिकाको प्रमुख पदका प्रत्यासी नृप ओड र उपप्रमुखका प्रत्यासी सुशीला मिश्र भट्ट, सांसदहरू पुष्करनाथ ओझा, प्यारेलाल राना, ईश्वरी न्यौपाने, बुद्धिसागर चौधरी, हीरादत्त भट्ट, जिल्ला सभापति नरनारायण शाहलगायतले बोल्नुभएको थियो । 

चौथो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक धनगढी पुग्नुभएका देउवाले आजै कैलालीको अत्तरियामा आयोजित चुनावी सभालाई समेत सम्बोधन गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान