लोकेन्द्र प्रशाद जोशी/असार १०, दार्चुला । असार १४ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर भारतसंग जोडिएका नेपाल भारतका सीमानाका ७२ घण्टा बन्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/असार १०, दार्चुला । असार १४ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर भारतसंग जोडिएका नेपाल भारतका सीमानाका ७२ घण्टा बन्द"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा निर्वाचनका लागि नेपाल-भारतका सीमा ७२ घण्टा बन्द गरिने

१० असार २०७४, शनिबार ०२:२६


लोकेन्द्र प्रशाद जोशी/असार १०, दार्चुला । असार १४ गते हुन गईरहेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर भारतसंग जोडिएका नेपाल भारतका सीमानाका ७२ घण्टा बन्द गरिने भएको छ । 

शुक्रबार दार्चुलामा भएको नेपाल भारतका अधिकारीहरुको संयुक्त सीमा सुरक्षा बैठकमा स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी सीमा नाका बन्द गर्ने सहमति भएको हो । नेपालका दार्चुला र बैतडी सँग सीमा जोडिएका भारतको उत्तराखण्ड जिल्ला अन्तरगतका सीमा नाका बन्द गर्ने सहमति भएको बैठक पछि बैतडीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडलले जानकारी गराउनुभयो । 

नेपालमा भइरहको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर तीन देशका अधिकारीहरुको बैठक बसेको हो । बैठकमा भारतको पिथौरागढ जिल्लाका डि.एम श्री रविशंकर, दार्चुलाका प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइराला बैतडीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल लगायत तीनै देशका सुरक्षा अधिकारी, भन्सार कार्यालयका अधिकृत, लगायतको उपस्थिती रहेको थियो ।

बैठकमा नेपालमा हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सहयोग आदानप्रदान गर्ने सहमति भएको छ । स्थानीय तहको निर्वाचनलाई शान्तपूर्ण रुपमा सम्पन्न गर्नका लागि दुवै देशका सुरक्षा अधिकारीका बीचमा सूचना आदन प्रदान गर्ने समेत सहमति भएको पौडेलले बताउनुभयो । चुनावलाई शान्तपूर्ण रुपमा सम्पन्न गराउन भारतले गर्न सक्ने सबै सहयोग प्राप्त हुने प्रतिबद्धता व्यक्त भएको हो ।

सीमा सुरक्षा बैठकमा चुनावी सुरक्षाका साथै सीमा क्षेत्रमा हुन सक्ने अपराधलाई न्यूनीकरण गर्ने बिषयमा समेत छलफल भएको छ । सीमा क्षेत्रमा हुन सक्ने मानव बेचबिखन, वन्यजन्तुको चोरी शिकारी, अवैध वस्तुको व्यापार, मानव वेचबिखन, अवैध शिकार, जाली नोट प्रचलनमा रोक, सीमा क्षेत्रमा आइएस आइको क्रियाकलाप निगरानी लगायतका विषयमा दुवै देशका सुरक्षा अधिकारीले सूचना आदान प्रदान गर्ने सहमति भएको छ । सूचना आदान प्रदानको लागि दुवै देशका अधिकारीहरुको सामाजिक सञ्जाल गु्रप, बनाउने सहमति भएको पौडेलले जानकारी दिनुभयो ।

यस्तै महाकाली नदीमा बन्ने भनिएका झोलुंगे पुल निर्माणका लागि दुवै देशका स्थानीय प्रशासनहरुले चाल्नुपर्ने कदम यथाशीघ्र चाल्ने सहमति पनि भएको छ । पूल निर्माणको लागि प्राविधिक दृष्टिकोणले तीनवटा पूलको आवश्यक कार्य अगाडि बढाउने सहमति भएको पिथौरागढका डिएम श्री रवि शंकरले जानकारी दिनुभयो । जसअनुसार बडुगाउ कालागाड, सोसा सुनसेरा, र गस्कु माल क्षेत्रमा झोलुंगे पूल निर्माणको लागि प्राविधिक रुपमा कार्य अगाडि बढाउने सहमति भएको शंकरले जानकारी दिनुभयो । 

बैठकमा भारतको तर्फबाट पिथौरागढ जिल्लाका डिएम श्री रवीशंकरको नेतृत्वमा धारचुलाका एस डिएम राज कुमार पाण्डे, तहशीलदार अद्र्धबी मल, ११ नम्बर बाहिनी एसएसबीका सेरीगा दोरजे, धारचुलाका थाना अध्यक्ष ध्यानसिह लगायतको सहभागिता रहेको थियो ।

यस्तै दार्चुलाका प्रमुख जिल्ला अधिकारी वासुप्रसाद कोइराला, दुर्गादल गुल्मका प्रमुख अर्जुन अधिकारी, नेपाल प्रहरीका डिएसपी केदार खनाल, सशस्त्र प्रहरीका डिएसपी दिपेन्द्र कवुर, राष्ट्यि अनुसन्धान अधिकृत बीरेन्द्र कार्की, नदी नियन्त्रण आयोजना प्रमुख सुशील चन्द्र देवकोटा, जिल्ला वन अधिकृत संजय तिवारी, नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख रामदिनेश चौधरी, लगायतको उपस्थिीत रहेको थियो भने बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, राष्ट्यि अनुसन्धान अधिकृत रमेश डागा लगायतको उपस्थिती थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान