असार १०, नवलपरासी । नवलपरासीको प्रतापपुर सुरक्षाको दृष्टिकोणले अति संवेदनशिल गाँउपालिका अन्तर्गत पर्दछ । 

प्रतापुर गाउँपालिकाको वठा नं ६ कठहवाँ ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १०, नवलपरासी । नवलपरासीको प्रतापपुर सुरक्षाको दृष्टिकोणले अति संवेदनशिल गाँउपालिका अन्तर्गत पर्दछ । 

प्रतापुर गाउँपालिकाको वठा नं ६ कठहवाँ ग"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा चुनाव प्रचारमा हिँडेका कांग्रेस टोलीलाई स्थानीयकै अवरोध

१० असार २०७४, शनिबार ०९:१९


असार १०, नवलपरासी । नवलपरासीको प्रतापपुर सुरक्षाको दृष्टिकोणले अति संवेदनशिल गाँउपालिका अन्तर्गत पर्दछ । 

प्रतापुर गाउँपालिकाको वठा नं ६ कठहवाँ गाउँमा आज विहान कांग्रेसका सांसद देवकरण कलवार (सन्तु) सहित कांग्रेसका उम्मेदवार टोली घरदैलो कार्यक्रम गर्न पुगेको थियो ।

त्यहाँ कांग्रेसले घरदैलो गर्दे गर्दा स्थानीयले अवरोधको प्रयास गरेका छन् । चुनाव बहिष्कारी राजपाका कार्यकर्ता एवं स्थानीले कांग्रेसको घरदैलो कार्यक्रमलाई अवरोधको प्रयास गरेका हुन् । कांग्रेस सरकारले मधेशी जनताको माग पुरा नगरि बलजफती चुनाव गराउन लागेको आरोप लगाउदै उनीहरुले घरेलुहतियारसहित कांग्रेस टोलीलाई आक्रमणको प्रयास गरेको कांग्रेसका स्थानीय नेताहरुले बताएका छन् ।  सोलगत्तै कांग्रेस टोली त्यहाँबाट सुरक्षित स्थलतर्फ लागेको थियो भने प्रहरीले अवस्थालाई नियन्त्रणमा लिएको थियो । 

प्रतापपुर गाउँपालिकाको वडा नं. ६ कठहवाँ राजपका बरिष्ठ नेता ह्देश त्रिपाठीको गाउँ पनि हो । नेता त्रिपाठी र कांग्रेस सांसद कलवारको एउटै वडा हो तर गाउँ ५ सय मिटर फरकमा छ । सांसद कलवारले नेता त्रिपाठीलाई गत संविधान सभाको निर्वाचनमा हराएका थिए । 

पछिल्लो समयदेखि सांसद कलावार त्यस क्षेत्रमा विभिन्न विषयमा विवादित बन्दै गएपछि कलवार प्रति त्यहाँका जनताहरु आक्रोसित छन् । त्यसैकारणले आज कलवार सहितको घरदैलो टोलीलाई लखेटका एक स्थानियले बताए । 

त्यसैबिच जिल्लाको संवेदनशिल नगरपाललिका तथा गाउँपालिकामा पनि चुनावी रगर्मी बढेको छ ।  विभिन्न दलका उम्मेदवारहरु आ–आफनो विकासका एजेण्डाहरु लिएर मतदाताको घरदैलोमा पुगी मत माग्ने गरेका छन् । सुरक्षाको दृष्टिकोणले जिल्लाको १ नगरपालिका र ४ गाउँपालिका संवेदनशिल क्षेत्र पर्दछन् । यि क्षेत्रहरु राजपाको पकड भएको क्षेत्र रहेको मानिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा