असार ११, अर्घाखाँची | निवार्चन आयुक्त ईश्वरी प्रसाद पौडेलले चुनावमा बालबालिकाको प्रयोग गर्नु अपराध भएकोले बालबालिका प्रयोग गरेका राजनितिक दलहरुले आजैबाट बालबालीकाको प्रय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ११, अर्घाखाँची | निवार्चन आयुक्त ईश्वरी प्रसाद पौडेलले चुनावमा बालबालिकाको प्रयोग गर्नु अपराध भएकोले बालबालिका प्रयोग गरेका राजनितिक दलहरुले आजैबाट बालबालीकाको प्रय"/>

१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

चुनावमा बालबालीकाको प्रयोग नगर्न आयुक्त पौडेलको आग्रह

११ असार २०७४, आईतवार ०७:५४


असार ११, अर्घाखाँची | निवार्चन आयुक्त ईश्वरी प्रसाद पौडेलले चुनावमा बालबालिकाको प्रयोग गर्नु अपराध भएकोले बालबालिका प्रयोग गरेका राजनितिक दलहरुले आजैबाट बालबालीकाको प्रयोग रोक्न आग्रह गरे । 

आयुक्त पौडेलले राजनितिक दलहरुबिचँ आपसी समन्वय गरेर चुनावमा लागेमा कुनै समस्या नआउने बताए । स्थानिय तहको निवार्चनमा अर्घाखाँची जिल्लामा निवार्चनमा भाग लिने राजनितिक दलहरुबाट केही समस्या नल्याउने गरी आ–आफना दलका कार्यकर्तालाई स्वयभित भएर चुनावमा भाग लिन राजनितिक दलले सिकाउन आग्रह गरे । 

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा सुरक्षाकर्मी, निवार्चन अधिकृत, राजनितिक दल तथा पत्रकारसँग भएको भेटघाटमा पौडेलले ११ गते राती १२ बजेदेखि ४८ घण्टा मौन अवधि सुरु हुने समयमा मतदातालाई केही नबाढ्न राजनितिक दललाई आग्रह गरे । मतदातालाई केही बाढेर आफनो पक्षमा मत पार्न लाग्नभन्दा मतदातालाई मतदाता शिक्षा दिएर आफनो मत सुरक्षित गर्न तर्फ लाग्न आग्रह गरे ।

निवार्चन सकिएपछी मतगणना सुरु भएपछी दिन र रात नभनी मतगणना नरोकीने भएकोले सवै निवार्चन अधिकृतहरुलाई जेनेरेटर भाडाँमा लीने गरी कार्य अगाडी बढाउन आग्रह गरे । दोस्रो चरणको मतदानको मतगणना ३र४ दिनमा गणना गरेर सक्ने गरी लाग्न निवार्चन अधिकृतलाई आग्रह गरे ।

अर्घाखाँचीमा बिजुली बत्ती जतीबेला पनी जाने जिल्ला भएकोले मतगणना गर्न समस्या हुने भएको निवार्चन अधिकृतहरुले बताएका थिए ।

क्षेत्रिय प्रशासक बेगेन्द्र राज शर्मा पौड्यालले प्रदेश नम्बर ५ का कपिलबस्तु, रुपन्देही, नवलपरासी र पहाडी जिल्ला अर्घाखाँची, गुल्मी र पाल्पालाई दुई किसिमले सुरक्षा व्यवस्था गरिएको बताए ।

पौडेलले असार १४ बर्खाको समय भएकोले कही कतै बर्षा भएमा मतपेटिका, मतपत्र तथा निवार्चनका सामाग्रीलाई सुरक्षित गर्न सवैलाई सहयोग गर्न आग्रह गरे ।

मुख्य निवार्चन अधिकृत केशवप्रसाद बास्तोलाले चुनावका लागी जिल्लामा १६६ मतदान केन्द्र, ९३ स्थलमा, ९८६ कर्मचारी खटाएको बताए । प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले अर्घाखाँची जिल्लाका ३० मतदान स्थल संवेदनशिल भएको बताए । पोख्रेलले जिल्लाभर आवश्यक सुरक्षाकर्मी शनिबार बेलुकासम्म पुगीसक्ने बताए । जिल्लाभरका सवै हतियार संकलन गरीएको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन