असार ११, अर्घाखाँची | निवार्चन आयुक्त ईश्वरी प्रसाद पौडेलले चुनावमा बालबालिकाको प्रयोग गर्नु अपराध भएकोले बालबालिका प्रयोग गरेका राजनितिक दलहरुले आजैबाट बालबालीकाको प्रय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ११, अर्घाखाँची | निवार्चन आयुक्त ईश्वरी प्रसाद पौडेलले चुनावमा बालबालिकाको प्रयोग गर्नु अपराध भएकोले बालबालिका प्रयोग गरेका राजनितिक दलहरुले आजैबाट बालबालीकाको प्रय"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

चुनावमा बालबालीकाको प्रयोग नगर्न आयुक्त पौडेलको आग्रह

२०७४, ११ असार आईतवार ०७:५४


असार ११, अर्घाखाँची | निवार्चन आयुक्त ईश्वरी प्रसाद पौडेलले चुनावमा बालबालिकाको प्रयोग गर्नु अपराध भएकोले बालबालिका प्रयोग गरेका राजनितिक दलहरुले आजैबाट बालबालीकाको प्रयोग रोक्न आग्रह गरे । 

आयुक्त पौडेलले राजनितिक दलहरुबिचँ आपसी समन्वय गरेर चुनावमा लागेमा कुनै समस्या नआउने बताए । स्थानिय तहको निवार्चनमा अर्घाखाँची जिल्लामा निवार्चनमा भाग लिने राजनितिक दलहरुबाट केही समस्या नल्याउने गरी आ–आफना दलका कार्यकर्तालाई स्वयभित भएर चुनावमा भाग लिन राजनितिक दलले सिकाउन आग्रह गरे । 

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा सुरक्षाकर्मी, निवार्चन अधिकृत, राजनितिक दल तथा पत्रकारसँग भएको भेटघाटमा पौडेलले ११ गते राती १२ बजेदेखि ४८ घण्टा मौन अवधि सुरु हुने समयमा मतदातालाई केही नबाढ्न राजनितिक दललाई आग्रह गरे । मतदातालाई केही बाढेर आफनो पक्षमा मत पार्न लाग्नभन्दा मतदातालाई मतदाता शिक्षा दिएर आफनो मत सुरक्षित गर्न तर्फ लाग्न आग्रह गरे ।

निवार्चन सकिएपछी मतगणना सुरु भएपछी दिन र रात नभनी मतगणना नरोकीने भएकोले सवै निवार्चन अधिकृतहरुलाई जेनेरेटर भाडाँमा लीने गरी कार्य अगाडी बढाउन आग्रह गरे । दोस्रो चरणको मतदानको मतगणना ३र४ दिनमा गणना गरेर सक्ने गरी लाग्न निवार्चन अधिकृतलाई आग्रह गरे ।

अर्घाखाँचीमा बिजुली बत्ती जतीबेला पनी जाने जिल्ला भएकोले मतगणना गर्न समस्या हुने भएको निवार्चन अधिकृतहरुले बताएका थिए ।

क्षेत्रिय प्रशासक बेगेन्द्र राज शर्मा पौड्यालले प्रदेश नम्बर ५ का कपिलबस्तु, रुपन्देही, नवलपरासी र पहाडी जिल्ला अर्घाखाँची, गुल्मी र पाल्पालाई दुई किसिमले सुरक्षा व्यवस्था गरिएको बताए ।

पौडेलले असार १४ बर्खाको समय भएकोले कही कतै बर्षा भएमा मतपेटिका, मतपत्र तथा निवार्चनका सामाग्रीलाई सुरक्षित गर्न सवैलाई सहयोग गर्न आग्रह गरे ।

मुख्य निवार्चन अधिकृत केशवप्रसाद बास्तोलाले चुनावका लागी जिल्लामा १६६ मतदान केन्द्र, ९३ स्थलमा, ९८६ कर्मचारी खटाएको बताए । प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले अर्घाखाँची जिल्लाका ३० मतदान स्थल संवेदनशिल भएको बताए । पोख्रेलले जिल्लाभर आवश्यक सुरक्षाकर्मी शनिबार बेलुकासम्म पुगीसक्ने बताए । जिल्लाभरका सवै हतियार संकलन गरीएको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी