सागर शर्मा | असार ११, प्युठान | जिल्लाको  माण्डवी गाँपालिकामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य माधव पौडेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । शनिवार  नेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा | असार ११, प्युठान | जिल्लाको  माण्डवी गाँपालिकामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य माधव पौडेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । शनिवार  नेक"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा माओवादी केन्द्रका केन्द्रिय सदस्य एमालेमा प्रवेश

११ असार २०७४, आईतवार ०८:२२


सागर शर्मा | असार ११, प्युठान | जिल्लाको  माण्डवी गाँपालिकामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य माधव पौडेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । शनिवार  नेकपा एमाले माण्डवी गाउँपालिकामा भएको  विशाल चुनावी आमसभामा केन्द्रिय सदस्य पौडेल प्रवेश गर्नुभएको हो । माण्डवी गाउँपालिका  २ मर्कावाङ रातापानी निवासी पौडेललाई नेकपा एमाले केन्द्रिय सदस्य, प्रचार विभाग उपप्रमुख एवं पर्यटन पवद्र्धन प्रमुख सूर्य थापाले स्वागत गरेर आफ्नो पार्टीमा प्रवेश गराउनुभएको हो । 

झण्डै २० वर्ष माओवादी केन्द्रमा रहेर राजनीति जीवनमा क्रियाशिल रहनुभएका पौडेलले एमालेको नीति, विचार र राष्ट्रियताप्रतिको अडानलाई मन पराएर एमाले परिवारमा प्रवेश गरेको प्रतिक्रिया दिनुभयो । ‘लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न एमालेको भूमिका पनि उल्लेखनीय छ’,विगतको स्मरण गर्दै उहाले भन्नुभयो,‘एमालेको साथ नभएको भए गणतन्त्र स्थापना हुने नै थिएन ।’

पछिल्लो समय माओवादी केन्द्र ‘वन्द गोपी’ जस्तै भएको समेत उहाँले संघा दिनुभयो । ‘माओवादी केन्द्र बन्दगोपीपात जस्तै भयो’, पौडेलले भन्नुभयो ,‘एउटा पात निकाल्यो अर्को पात आउँछ । अर्को निकाल्यो अर्को आउँछ । अन्तिममा केही पनि हुँदैन ।’ सही नीति र नेतृत्व नहुँदा माओवादी भंग हुने संघारमा पुगेको समेत उहाँले प्रष्ट पार्नुभयो । देशव्यापी रुपमा एमालेप्रति बढ्दै गएको जनलहरलाई व्यवस्थित गरी अघि बढ्न उनले पार्टीलाई सुझाव समेत दिनुभयो । ‘देशभरी नै एमालेमा जनताको आकर्षण बढ्दै गएको छ’, उहाँले भन्नु भयो ,‘धेरै भएर मात्तिने र थोरै भयौँ भनेर आत्तिने गर्नुहुँदैन ।’

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी एमाले नेता सूर्य थापाले माओवादी नेता पौडेलले सही समयमा सही निर्णय गरेको उल्लेख गर्नुभयो । साथै केन्द्रिय नेता समेत एमालेमा प्रवेश गर्दा माओवादीलाई ठूलो धक्का समेत पुगेको वताउनुभयो । ‘प्यूठानका कमजोर भनिएका ठाउँमा पनि एमालेको संगठन मजवुत भइसकेको छ’, उहाँले भन्नुभयो हाम्रो परिवारमा आइसकेपछि कोहीपनि विचलनको स्थिती हुनेछैन् ।’ मुलुकको पछिल्लो राजनीतिक्रम, एमालेको नीति तथा कार्यक्रम लगाएत विषयमा उनले सम्वोधनका क्रममा स्पष्ट पार्नुभयो  ।

यसपालीको निर्वाचनमा जिल्लाका सवै स्थानीय तहमा एमालेले विजयी हासिल गर्ने एमाले प्यूठानका उपसचिव मधुर शर्माले दावी गर्नुभयो । ‘माण्डवी कुनैबेला माओवादी र राजमोको उद्गम थलो थियो’,उहाँले भन्नुभयो,‘अहिले जनआधार खस्किदै गएको छ । एमालेले जित्ने निश्चित भइसक्यो ।’ माओवादी र राजमोको केन्द्रिय नेता जन्माउने थलो भएपनि माण्डवीमा एमालेप्रति नागरीकको आकर्षण बढ्दै गएको उहाँले वताउनुभयो । कार्यक्रममा विभिन्न पार्टी छाडेर डेढ सय बढी नेता, कार्यकर्ता एमालेमा प्रवेश गरेको उहाले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा