भारतीय गाडीमा नेपाली पार्टीको झण्डा Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भारतीय गाडीमा नेपाली पार्टीको झण्डा
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भारतीय गाडीमा नेपाली पार्टीको झण्डा

११ असार २०७४, आईतवार १३:५०

भारतीय गाडीमा नेपाली पार्टीको झण्डानेपालगञ्ज –बाँकेस्थित राजनीतिक दलले चुनाव प्रचारमा भारतीय गाडीको अधिक प्रयोग गरेका छन् । दलका नेता–कार्यकर्ता भारतीय नम्बर प्लेटका गाडीमा झण्डा फहराउँदै प्रचारमा सक्रिय छन्।

कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र संघीय समाजवादी फोरमले गाडी प्रयोग गरेका छन् । स्रोतका अनुसार नेपालगन्ज, कोहलपुर र खजुरा क्षेत्रमा मात्र दैनिक करिब सयको संख्यामा भारतीय गाडी नेपाली राजनीतिक दलका झण्डा फहराउँदै घरदैलोमा पुगिरहेका छन् । केही गाडी झण्डाबिनै प्रचारप्रसारमा प्रयोग भइरहेका छन्।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दनप्रसाद आचार्य भने निर्वाचनको समयमा दैनिक सरदर ५० को संख्यामा भारतीय गाडी नेपाल प्रवेश गर्ने गरेका बताउँछन् । यसरी नेपाल प्रवेश गर्ने गाडीले दैनिक चार सय ५२ रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्छ । ‘अरु बेलाभन्दा अहिले भारतीय गाडीको प्रवेश चाप बढेको छ,’ उनले भने, ‘कुन प्रयोजनको लागि हो भन्ने हामीलाई थाहा हुँदैन ।’ एक महिने प्रवेशाज्ञापत्र लिन पाइने भए पनि अधिकांश गाडीले दुई–तीन दिनको मात्र लिने गरेका उनले बताए।

राजनीतिक दलले भारतीय गाडी प्रयोग गर्नुको प्रमुख कारण गाडीभाडा सस्तो हुनु हो । प्रचार अभियानमा सक्रिय एक राजनीतिक दलका नेताका अनुसार भारतीय गाडीले दैनिक एक हजार पाँच सयदेखि दुई हजार भारुसम्म भाडा लिन्छन् । नेपाली गाडीले भने दैनिक चार हजारदेखि चार हजार पाँच सय रुपैयाँसम्म लिने गरेका छन् । ‘कार्यकर्तालाई रिक्सामा बस  भन्न भएन, नेपाली गाडीको भाडा छोइसक्नु छैन,’ ती नेताले भने, ‘सस्तो मुल्यमा भनेको बेला भनेजस्तो गाडी पाइने भएपछि प्रयोग गरिरहेका छौं।’

सुरक्षा चासो

निर्वाचनजस्तो संवेदनशील समयमा भारतीय गाडीको अधिक प्रयोग भएपछि यसले चुनावी सुरक्षामा प्रश्न उब्जाएको छ। प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ विदेशी नम्बर प्लेटका गाडीको बढ्दो प्रयोग सुरक्षासँग जोडिए पनि प्रहरी–प्रशासन चनाखो रहेको बताउँछन् । उनका अनुसार चुनावलाई मध्यनजर गर्दै सोमबार बिहान ७ बजेदेखि रुपैडिया नाका बन्द गर्ने निर्णय भएको छ ।

-नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा