कृष्ण खनाल | असार ११, बुटवल । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहाड र तराईबीच विभाजन गराउने षड्यन्त्र चिर्न एमालेलाई विजयी गराउन आव्हान गर्नुभएको छ । बुटवल उपमहानगरप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण खनाल | असार ११, बुटवल । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहाड र तराईबीच विभाजन गराउने षड्यन्त्र चिर्न एमालेलाई विजयी गराउन आव्हान गर्नुभएको छ । बुटवल उपमहानगरप"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश विभाजनको नारा लगाउनेहरु यो चुनावमा पत्तासापः ओली

२०७४, ११ असार आईतवार १४:०३

कृष्ण खनाल | असार ११, बुटवल । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहाड र तराईबीच विभाजन गराउने षड्यन्त्र चिर्न एमालेलाई विजयी गराउन आव्हान गर्नुभएको छ । बुटवल उपमहानगरपालिकाको ट्राफिक चोकमा आयोजित विशाल चुनावी सभामा सम्बोधन गर्दै उहाँले आफ्नो नेतृत्वको सरकारलाई हठात् परिवर्तन गरेर वर्तमान सत्ता गठबन्धनले प्रदेश नं. ५ को तराई र पहाडलाई टुक्राउने गरी संविधान संशोधन प्रस्ताव ल्याए पनि एमालेको प्रतिकारका कारण त्यो प्रस्ताव स्थगन भएको बताउनुभयो ।

सम्बोधनको सुरुमै उपमहानगरपालिकाका एमालेका मेयरका उम्मेदवार शिवराज सुवेदी र उपमेयर गोमा आचार्यलाई मञ्चमा माला लगाइदिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘यो विजयको माला हो, अब प्रक्रिया पूरा गर्न मात्र बाँकी छ । यो माला कसैले फुकाल्न सक्दैन ।’

काँग्रेस र माओवादीले सत्ताको दुरुपयोग गरेर सिङ्गो बुटवलको भविष्य डुबाइ दिनसक्नेतर्फ भने सचेत रहन अध्यक्ष ओलीले आग्रह गर्नुभयो ।


एमालेका उपमहासचिव विष्णु पौडेल र घनश्याम भूषाललगायतका नेता सहभागी सभामा उहाँले प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आफूले ‘२०४६ सालको आन्दोलनका बेला लण्डनका कुन गल्लीमा हल्लिँदै हुनुहुन्थ्यो,अहिले धाक लगाउने ?’ भनी सोध्दा देउवा रिसाए पनि यथार्थ भने त्यही हो भन्नुभयो । उहाँले प्रश्न गर्नुुभयो, ‘नेपाली काँग्रेसमा लोकतन्त्र र गणतन्त्रका लागि १४ वर्ष जेल बसेको नेता कोही छ ?’

पूर्व पश्चिम विद्युतीय रेल निर्माण, ट्रान्समिसन लाइनको विस्तार, चार लेनको मध्यपहाडी राजमार्ग, हरेक प्रदेशका विश्वविद्यलाय, मेडिकल कलेज, अस्पताल र प्राविधिक कलेजका साथै रङ्गशालाको निर्माण एवं कला साहित्यको विकासका लागि एमालेको विशेष योजना रहेको वताउँदै अध्यक्ष ओलीले नेकपा (एमाले) मुलुकको विकासका लागि समर्पित छ भन्नुभयो ।एमालेले विराटनगर, बुटवल, जनकपुर र वीरगञ्जलाई महानगरपालिका घोषणा गर्न आग्रह गरे पनि सरकारले अन्य ठाउँमा चुनाव हार्ने डरले विरानगरलाई मात्र महानगर घोषणा गरेकोमा आक्रोश व्यक्त गर्दै ओलीले एमालेले निर्वाचन जितेपछि ती बाँकी स्थानलाई पनि महानगर घोषणा गर्ने उद्घोष गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी