कृष्ण खनाल | असार ११, बुटवल । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहाड र तराईबीच विभाजन गराउने षड्यन्त्र चिर्न एमालेलाई विजयी गराउन आव्हान गर्नुभएको छ । बुटवल उपमहानगरप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण खनाल | असार ११, बुटवल । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहाड र तराईबीच विभाजन गराउने षड्यन्त्र चिर्न एमालेलाई विजयी गराउन आव्हान गर्नुभएको छ । बुटवल उपमहानगरप"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश विभाजनको नारा लगाउनेहरु यो चुनावमा पत्तासापः ओली

११ असार २०७४, आईतवार १४:०३

कृष्ण खनाल | असार ११, बुटवल । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहाड र तराईबीच विभाजन गराउने षड्यन्त्र चिर्न एमालेलाई विजयी गराउन आव्हान गर्नुभएको छ । बुटवल उपमहानगरपालिकाको ट्राफिक चोकमा आयोजित विशाल चुनावी सभामा सम्बोधन गर्दै उहाँले आफ्नो नेतृत्वको सरकारलाई हठात् परिवर्तन गरेर वर्तमान सत्ता गठबन्धनले प्रदेश नं. ५ को तराई र पहाडलाई टुक्राउने गरी संविधान संशोधन प्रस्ताव ल्याए पनि एमालेको प्रतिकारका कारण त्यो प्रस्ताव स्थगन भएको बताउनुभयो ।

सम्बोधनको सुरुमै उपमहानगरपालिकाका एमालेका मेयरका उम्मेदवार शिवराज सुवेदी र उपमेयर गोमा आचार्यलाई मञ्चमा माला लगाइदिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘यो विजयको माला हो, अब प्रक्रिया पूरा गर्न मात्र बाँकी छ । यो माला कसैले फुकाल्न सक्दैन ।’

काँग्रेस र माओवादीले सत्ताको दुरुपयोग गरेर सिङ्गो बुटवलको भविष्य डुबाइ दिनसक्नेतर्फ भने सचेत रहन अध्यक्ष ओलीले आग्रह गर्नुभयो ।


एमालेका उपमहासचिव विष्णु पौडेल र घनश्याम भूषाललगायतका नेता सहभागी सभामा उहाँले प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आफूले ‘२०४६ सालको आन्दोलनका बेला लण्डनका कुन गल्लीमा हल्लिँदै हुनुहुन्थ्यो,अहिले धाक लगाउने ?’ भनी सोध्दा देउवा रिसाए पनि यथार्थ भने त्यही हो भन्नुभयो । उहाँले प्रश्न गर्नुुभयो, ‘नेपाली काँग्रेसमा लोकतन्त्र र गणतन्त्रका लागि १४ वर्ष जेल बसेको नेता कोही छ ?’

पूर्व पश्चिम विद्युतीय रेल निर्माण, ट्रान्समिसन लाइनको विस्तार, चार लेनको मध्यपहाडी राजमार्ग, हरेक प्रदेशका विश्वविद्यलाय, मेडिकल कलेज, अस्पताल र प्राविधिक कलेजका साथै रङ्गशालाको निर्माण एवं कला साहित्यको विकासका लागि एमालेको विशेष योजना रहेको वताउँदै अध्यक्ष ओलीले नेकपा (एमाले) मुलुकको विकासका लागि समर्पित छ भन्नुभयो ।एमालेले विराटनगर, बुटवल, जनकपुर र वीरगञ्जलाई महानगरपालिका घोषणा गर्न आग्रह गरे पनि सरकारले अन्य ठाउँमा चुनाव हार्ने डरले विरानगरलाई मात्र महानगर घोषणा गरेकोमा आक्रोश व्यक्त गर्दै ओलीले एमालेले निर्वाचन जितेपछि ती बाँकी स्थानलाई पनि महानगर घोषणा गर्ने उद्घोष गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा