असार ११, बैतडी | नेपाली कांग्रेस बैतडीका पुर्व सभापति नरेन्द्र बिष्ट नेकपा एमालेको प्रचार -प्रसारमा खटिनु भएको छ । बिगतमा २ कार्यकाल नेपाली कांग्रेस बैतडीको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ११, बैतडी | नेपाली कांग्रेस बैतडीका पुर्व सभापति नरेन्द्र बिष्ट नेकपा एमालेको प्रचार -प्रसारमा खटिनु भएको छ । बिगतमा २ कार्यकाल नेपाली कांग्रेस बैतडीको"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

कांग्रेस पुर्व सभापतिनै नेकपा एमालेलाई जिताउने अभियानमा लागेपछि…

२०७४, ११ असार आईतवार १४:२६


असार ११, बैतडी | नेपाली कांग्रेस बैतडीका पुर्व सभापति नरेन्द्र बिष्ट नेकपा एमालेको प्रचार -प्रसारमा खटिनु भएको छ । बिगतमा २ कार्यकाल नेपाली कांग्रेस बैतडीको सभापति बन्नु भएका बिष्ट अहिले आफ्नो पाटन नगरपालिकामा कांग्रेसले योग्य उमेदवार नतोकेको भन्दै एमालेको प्रचारमा हिडेका हुन् । 

बिष्ट अहिले एमालेबाट पाटन नगरपालिकामा मेयरका उमेदवार नरेश कुमार बिश्वकर्मा तथा उप मेयरका उमेदवार दुरा भट्टराईको प्रचारमा खटिनुभएको छ । एमालेले पाटन नगरपालिकामा चुनावी प्रचार प्रसारलाई तिब्रता दिएसगैँ आफुँ एमालेको प्रचारमा लागेको बिष्ट बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “एमालेले दलित तथा गरिब जनताको छोरा चुनावी मैदानमा उतार्यो तर कांग्रेसले त्यस्तो गरेन् । 

मलाई कांग्रेसको प्रचार-प्रसार गर्न मन लागेको छैन । राजनिति भनेको समाजको सेवा गर्ने हो, स्थानिय तहको चुनावमा हरेक मतदाताले असल ब्यक्ति छान्नुपर्छ नरेश बिक एमाले नेता भएपनि असल ब्यक्ति हुन उहाँले जित्यो भने मात्रै पाटन नगरको बिकास सम्भव छ त्यसैले उहाँको टिमलाई जिताउन आवस्यक छ बिष्ट भन्नुहुन्छ” । 

कांग्रेस पुर्व सभापति बिष्ट पाटन नगरपालिकाको मेयर र उप मेयरमा मात्रै एमालेलाई सहयोग गर्ने बताउनुभएको छ । केहि ब्यक्तिहरु कांग्रेसले पनि राम्रो छबि भएका क्षमतावान उमेदवारलाई चुनावमा उठाएकोले उनिहरुलाई जिताउनुपर्छ उनिहरुको पनि म प्रचार गर्दैछु् उनिहरुलाई भोट पनि हाल्छु् तर अहिले एमालेमा प्रबेश भने नगर्ने बिष्टले बताउनुभयो । 

नेता नरेन्द्र बिष्ट बिगतमा २ पटक नेपालि काग्रेशको बैतडी जिल्ला सभापति बन्नुभएको हो भने बिगत ३५ बर्ष देखि राजनितिमा सक्रिय हुनुहुन्थ्यो उहाँ अर्थसास्त्रमा स्नात्कोतर गरेका ब्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी