असार ११, बैतडी | नेपाली कांग्रेस बैतडीका पुर्व सभापति नरेन्द्र बिष्ट नेकपा एमालेको प्रचार -प्रसारमा खटिनु भएको छ । बिगतमा २ कार्यकाल नेपाली कांग्रेस बैतडीको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ११, बैतडी | नेपाली कांग्रेस बैतडीका पुर्व सभापति नरेन्द्र बिष्ट नेकपा एमालेको प्रचार -प्रसारमा खटिनु भएको छ । बिगतमा २ कार्यकाल नेपाली कांग्रेस बैतडीको"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

कांग्रेस पुर्व सभापतिनै नेकपा एमालेलाई जिताउने अभियानमा लागेपछि…

११ असार २०७४, आईतवार १४:२६


असार ११, बैतडी | नेपाली कांग्रेस बैतडीका पुर्व सभापति नरेन्द्र बिष्ट नेकपा एमालेको प्रचार -प्रसारमा खटिनु भएको छ । बिगतमा २ कार्यकाल नेपाली कांग्रेस बैतडीको सभापति बन्नु भएका बिष्ट अहिले आफ्नो पाटन नगरपालिकामा कांग्रेसले योग्य उमेदवार नतोकेको भन्दै एमालेको प्रचारमा हिडेका हुन् । 

बिष्ट अहिले एमालेबाट पाटन नगरपालिकामा मेयरका उमेदवार नरेश कुमार बिश्वकर्मा तथा उप मेयरका उमेदवार दुरा भट्टराईको प्रचारमा खटिनुभएको छ । एमालेले पाटन नगरपालिकामा चुनावी प्रचार प्रसारलाई तिब्रता दिएसगैँ आफुँ एमालेको प्रचारमा लागेको बिष्ट बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “एमालेले दलित तथा गरिब जनताको छोरा चुनावी मैदानमा उतार्यो तर कांग्रेसले त्यस्तो गरेन् । 

मलाई कांग्रेसको प्रचार-प्रसार गर्न मन लागेको छैन । राजनिति भनेको समाजको सेवा गर्ने हो, स्थानिय तहको चुनावमा हरेक मतदाताले असल ब्यक्ति छान्नुपर्छ नरेश बिक एमाले नेता भएपनि असल ब्यक्ति हुन उहाँले जित्यो भने मात्रै पाटन नगरको बिकास सम्भव छ त्यसैले उहाँको टिमलाई जिताउन आवस्यक छ बिष्ट भन्नुहुन्छ” । 

कांग्रेस पुर्व सभापति बिष्ट पाटन नगरपालिकाको मेयर र उप मेयरमा मात्रै एमालेलाई सहयोग गर्ने बताउनुभएको छ । केहि ब्यक्तिहरु कांग्रेसले पनि राम्रो छबि भएका क्षमतावान उमेदवारलाई चुनावमा उठाएकोले उनिहरुलाई जिताउनुपर्छ उनिहरुको पनि म प्रचार गर्दैछु् उनिहरुलाई भोट पनि हाल्छु् तर अहिले एमालेमा प्रबेश भने नगर्ने बिष्टले बताउनुभयो । 

नेता नरेन्द्र बिष्ट बिगतमा २ पटक नेपालि काग्रेशको बैतडी जिल्ला सभापति बन्नुभएको हो भने बिगत ३५ बर्ष देखि राजनितिमा सक्रिय हुनुहुन्थ्यो उहाँ अर्थसास्त्रमा स्नात्कोतर गरेका ब्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा