२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चुनावी दौड तीव्र गतिमा, शिर्ष दलका नेता स्थानिय तहमा

२०७४, ११ असार आईतवार १५:४९

असार ११, कञ्चनपुर | कञ्चनपुर जिल्लाका विभिन्न स्थानिहरु अहिले निर्वाचनमय भएका छन् । झण्डै २० वर्ष पछि हुन गइरहेको स्थानीय निर्वाचनमा कञ्चनपुरका स्थानीय वासिन्दा हर्षित भएका छन् । आफ्नो जित सुनिश्चित पार्न स्थानीय नेता उमेदवारहरु नाच्दै गाउदै घर घरमा गई भोट माग्नमा ब्यस्त रहेका छन् । 

चुनाव प्रचारमा बाजा गाजा सहित स्थानीय भेटघाट, घरदैलो, सडक नाटक, कोण सभा गर्दै जनता रुझाउनमै नेताहरु ब्यस्त भइरहेका छन् । जनताहरुलाई विभिन्न किसिमका आश्वासन, प्रतिवद्धता दिदै विकास निर्माण लाई मुख्य एजेण्डा बनाउदै अधिकांश नेताहरु चुनावी दौडमा उत्रिएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र , राप्रपा लगायत, अन्य साना दलहरु, स्वतन्त्र उमेदवारहरु चुनावी दौडमा छन् । मतदातालाई आफ्नो पक्षमा पार्न जनता माझ गएर आफ्ना एजेण्डाहरु बताउने, आश्वासन हरु दिने र आफुलाई जिताउन अपिल गर्ने गरेका छन् । बिहानै देखि अबेर राती सम्म प्रत्यक्ष अप्रत्यक्ष रुपमा जनताहरुलाई आफुलाई जिताउन अपिल गर्ने गरेका छन् । यसै मौकामा बिभन्न ठुलादलका शिर्ष नेताहरुको समेत सभा सम्बोधनका कार्यक्रम एक पछि अर्को भइरहेका छन् । भाषणका क्रममा नेताहरु एक अर्कालाई आरोप प्रत्यारोप गर्नमै ब्यस्त देखिएका छन् । शुक्रबार कञ्चनपुरको बेलौरी, पुर्नवास, शुक्लाफाटा नगर पालिकामा माओवादी केन्द्र का अध्यक्ष पुस्प कमल दाहाल प्रचण्डले सभा सम्बोधन गर्नु भयो । 

त्यस्तै प्रधानमन्त्री शेर बहादुर देउवाले पनि चुनावी दौडाहाकै क्रममा शुक्रबार भीमदत्तनगर पालिका पुगी चुनावी सभा सम्बोधन गर्नुभयो । शनिवार भीमदत्तनगरमा पत्रकार सम्मेलन गरी बेलौरी न.पा.को सभा सम्बोधन गदै प्रदेशनम्बर ७ का पहाडी जिल्ला तिर लाग्नु भयो । यसैबीच विवेकशिल पार्टीकी रञ्जु दर्शना पनि कञ्चनपुरमा चुनावी दौडाहा मै देखिनुभएको छ । शुक्रबार शुक्लाफाटा नगरपालिकामा घरदैलो देखि लिएर चुनावी प्रचारमा दिनभरी ब्यसत रही शनिवार पत्रकार सम्मेलन गरी फर्किनुभयो । चुनावी सभा, र्याली, हरुमा स्थानीयहरुको उत्साह जनक उपस्थिति देखिएको छ । निर्वाचन हुने भएपछि स्थानीय अत्यन्तै हर्षित देखिएका छन् । 

जिल्ला निर्वाचनमय भएको बेला अधिकांश जनता हरु रोपाई मा ब्यस्त देखिएका छन् ।  तथापी वर्षभरी खान चाहिने यहि धान थाती राख्दीै उनिहरु भेट हाल्न प्रतिक्षरत रहेका छन् । 

जिल्लामा ७ नगरपालिका र २ गाँउ पालिका गरी ९ स्थानीय तहमा निर्वाचन हुदैछ । २लाख ३५हजार ७सय ३५मतदाताले ४ सय ७८ जना जन प्रतिनिधी छान्नेछन्, जसका लागि २ हजार २ सय ६६ जनाको मनोनयन दर्ताभएको छ । जिल्ला मा ९ वटै स्थानीय तहका ९२ वडाहरुमा १ सय २५ मतदान स्थल रहेका छन् भने २ सय ९३ मतदान केन्द्र रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी