२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस: गृहमन्त्री

१२ असार २०७४, सोमबार ११:००

असार १२, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले ढुक्क भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गर्नुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उहाँले दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा मिलाएको भन्दै ढुक्क भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गर्नुभएको हो । 

गृहमन्त्री शर्माले भन्नुभयो– “पहिलो चरणको निर्वाचन सम्पन्न गर्दाका अनुभवका आधारमा समेत सुरक्षा योजनालाई थप विकसित र परिमार्जन गरिएको छ, सुरक्षामा कुनै समस्या छैन, ढुक्क रुपमा सुरक्षित भएर मत खसाल्ने वातावण मिलाइएको छ ।” 

नेकपा (विप्लव समूह) र राष्ट्रिय जनता पार्टीसमेत निर्वाचनमा स्वतन्त्र रुपमा भाग लिएको भन्दै उहाँले निर्वाचन सफल हुने विश्वास व्यक्त गर्नुभयो । 

गृहमन्त्री शर्माले भन्नुभयो – “म निर्वाचन हुने सबै प्रदेशमा गएर सुरक्षा निकायहरुसंगको अन्तक्र्रिया र छलफल गरी हरेक जिल्ला र हरेक मतदान केन्द्रका सुरक्षा योजनालाई परिमार्जित गरिएको अवस्था छ, निर्वाचनमा भाग लिन कुनै डर छैन ।” 

नेपालको राजनीतिमा सकारात्मक प्रतिस्पर्धा सुरु हुने भएकाले यो ऐतिहासिक परिघटनामा जनताको ठूलो उत्साह रहेकाले निर्वाचनमा भाग लिन सबैलाई आग्रह गर्दै उहाँले दोस्रो चरणको निर्वाचनका लागि मौन अवधि सुरु भएकाले यसलाई पालना गर्न सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । 

दोस्रो चरणअन्तर्गत यही असार १४ गते बुधबार प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा स्थानीय तहको निर्वाचन हुँदैछ । सो निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतको प्रयोग गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली