असर १२, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले असावधानीपूर्वक सडक खन्दा नेपाल विद्युत् प्राधिकरणको भूमिगत प्रसारण प्रणालीमा क्षति पुगेका कारण राजधानी काठमाडौँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असर १२, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले असावधानीपूर्वक सडक खन्दा नेपाल विद्युत् प्राधिकरणको भूमिगत प्रसारण प्रणालीमा क्षति पुगेका कारण राजधानी काठमाडौँ"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूमिगत तार चुडिँदा उपत्यकामा विद्युत् आपूर्ति अवरुद्ध

२०७४, १२ असार सोमबार १३:३०


असर १२, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले असावधानीपूर्वक सडक खन्दा नेपाल विद्युत् प्राधिकरणको भूमिगत प्रसारण प्रणालीमा क्षति पुगेका कारण राजधानी काठमाडौँका केही स्थानमा विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको छ । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार सिंहदरबारभित्रको सबस्टेशनको ६६ केभी भूमिगत तार पड्किँदा विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको हो । सिंहदरबार क्षेत्रमा मेलम्ची खानेपानीको पाइप बिछ्याउने क्रममा केबलमा क्षति पुग्दा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । 

खानेपानीको पाइप बिछ्याउने कामदारले सबस्टेसनको केबल खन्दा पड्किएर क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताउनुभयो । 

सिंहदरबार सबस्टेसनसँग जोडिने राजधानीका ११ वटा फिडरको सेवा अहिले अवरुद्ध रहेको र सेवा सञ्चालन गर्न अझै केही समयलाग्ने प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । प्राधिकरणको प्राविधिक समूहले समस्या समाधान गर्न प्रयास गरिरहेको छ । विद्युत् अवरुद्ध हुँदा ३५ देखि ४० मेगावाट विद्युत् प्रणाली बाहिर गएको छ । सिंहदरबार वरपरका बागबजार, पुतलीसडक, अनामनगर, बबरमहललगायत स्थानमा सेवा अवरुद्ध हुन पुगेको हो । 

भूमिगत तार पड्किँदा विद्युत् आपूर्ति छिनछिनमा अबरुद्घ भइरहेको छ । यसअघि पनि चाबहिल, महाराजगन्ज क्षेत्रमा पनि खानेपानीको पाइप राख्दा असावधानीपूर्वक काम गरिँदा समस्या उत्पन्न भएको थियो । 

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय–२ का प्रवक्ता एवम् इन्जिनियर लीलाप्रसाद ढकालले आयोजनाका कारण विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको भए तत्काल समाधान गर्न तयार रहेको बताउनुभयो । 

यसअघि पनि काठमाडौँका विभिन्न स्थानमा देखिएका समस्या समाधानका लागि प्राधिकरणसँग मिलेर काम गरेको जानकारी दिँदै उहाँले सिंहदरबारको पश्चिम गेट अगाडि उत्पन्न परिस्थिति समाधानको पहल भइरहेको उल्लेख गर्नुभयो । 

गत वर्ष नै जडान गरिएको पाइपमा प्राविधिक तयारी गर्ने क्रममा आज सिंहदरबारको पश्चिम गेट नजिक खानेपानी आयोजनाका कामदारले काम गर्दा प्राधिकरणको तारमा क्षति पुगेपछि प्राधिकरण, आयोजना दुवैले मिलेर समस्या समाधान गरिएको प्रवक्ता ढकालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी