२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा बम विष्फोट गराउने चारजना पक्राउ (नामावलीसहित)

२०७४, १३ असार मंगलवार ०२:४७

असार १३, नवलपरासी । नवलपरासीको सुनवलमा मानवीय क्षति हुने गरी गराइएको बम विष्फोट घटनाको अनुसन्धान गर्न प्रहरीले चारजनालाई पक्राउ गरेको छ । 

विष्फोट विप्लव नेतृत्वको नेकपाले गराएको आशङ्कामा प्रहरीले चारजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नवलपरासी विनयीत्रिवेणी गाउँपालिका–३ का पुरुषोत्तम रेग्मी, सरावल गाउँपालिका १ का कान्तिशङ्कर पराजुली, सुनवल नगरपालिका–१२ की दुर्गादेवी पाण्डे र मध्यबिन्दु नगरपालिका–९ का धनबहादुर कुमाल छन् । उनीहरुले निर्वाचन विरोधी शङ्कास्पद गतिविधि गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो । 

बम बिष्पोटबाट घाइते भएका माओबादी कार्यकर्ता 

पक्राउ परेका सबैलाई जिल्लाका विभिन्न स्थानमा भएका बम विष्फोट, सवारीसाधन माथिको आगजनीका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी उपरीक्षक चौधरीले जानकारी दिनुभयो । सुनवल नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले निकालेको चुनावी प्रचारप्रसार अभियान लक्षित गरी आइतबार सोमनाथ पुलमा बम नजिक विष्फोट गराइएको थियो । 

प्रहरीले टाईम बम राखेर विष्फोट गराएको अनुमान गरेको छ । विष्फोटमा छ जना घाइते भएका थिए । घाइतेमध्ये सुनवल नगरपालिकाका लेखनाथ सुवेदीको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौँ पठाइएको छ । अर्की गम्भीर घाइते बेलकुमारी कठरियाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 

मनोनयन दर्तापछिको एक हप्ताको अवधिमा बर्दघाट र सुनवल नगरपालिकामा पाँचवटा विष्फोट र आगजनीका घटना भएका छन् जसमा तीनवटा विष्फोट र दुईवटा सवारीसाधन माथि आगजनी भएका छन् । 

घटनामध्ये चारवटा माओवादी केन्द्र माथि भएका छन् । एउटा विष्फोटको घटना नेकपा (एमाले)का उम्मेदवारको घरमा गराइएको छ । सबै घटना विप्लव समूहले गराएको आशङ्कामा जिल्ला सुरक्षा समितिले उनीहरुमाथि निगरानी बढाउँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ