असार १३, सल्यान । कपुरकोट गाउंपालिका सल्यानका प्रमुख, उपप्रमुखले आफ्नो पालिकाको प्रत्येक वडाहरुमा गएर बधाइ ग्रहण गर्दै समस्याहरुको पहिचान गर्न थालेका छन् । गाउंपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १३, सल्यान । कपुरकोट गाउंपालिका सल्यानका प्रमुख, उपप्रमुखले आफ्नो पालिकाको प्रत्येक वडाहरुमा गएर बधाइ ग्रहण गर्दै समस्याहरुको पहिचान गर्न थालेका छन् । गाउंपाल"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समस्या पहिचान गर्दै सल्यानका जनप्रतिनिधी

१३ असार २०७४, मंगलवार ०९:५९


असार १३, सल्यान । कपुरकोट गाउंपालिका सल्यानका प्रमुख, उपप्रमुखले आफ्नो पालिकाको प्रत्येक वडाहरुमा गएर बधाइ ग्रहण गर्दै समस्याहरुको पहिचान गर्न थालेका छन् । गाउंपालिकाका प्रमुख भिम बहादुर सेन र उपाध्यक्ष तिला बुढालाइ विभिन्न संघ, संस्था, कार्यालयले वडावडाहरुमा आमन्त्रण संगै बधाइ कार्यक्रम राखेर स्थानिय स्तरका समस्या देखाउने गरेका छन् ।

सो अवसरमा आम नागरिकमा विकासको तिब्र चाहना रहेको गाउंपालिकाका अध्यक्ष भिम बहादुर सेनले जनाए । वडा नम्बर ५ रीममा पुगेका उनले भने– ‘समाजका हरेक व्यक्तिले समृद्धि चाहेका छन्, हामी जननिर्वाचीत प्रतिनिधीहरु जनहितको काममा तेरो मेरो नभनेर अघि बढ्नुपर्ने देखिन्छ ।’ सेनलाइ सल्यान रीममा रहेको ब्रह्माकुमारि इश्वरिय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्रले स्वागत तथा बधाइ कार्यक्रम गरेको छ । यस्तै पालिकाको वडा नम्बर ६ सिनवाङमा पनि जनप्रतिनिधीहरुलाइ स्वागत गर्दै विभिन्न मागहरु प्रस्तुत गरिएको छ ।

त्यस अवसरमा रीम स्थीत केन्द्रकी ब्रह्माकुमारि सरस्वती वस्नेतले समाजको सेवाक्षेत्रमा आउने हरेक व्यक्तिलाइ आफुहरुको सम्मान गर्ने चलन रहेको जनाउंदै मानिसमा सकारत्मक विचारको विकास गर्नु नै आफ्नो संस्थाको उद्देश्य रहेको जनाइन् । ‘कुनै पनि व्यक्ति सफल हुनका लागी उसमा सकारत्मक चिन्तन आवशयक छ,’ सरस्वतीले भनिन्–‘यस कुराको गाउंपालिकाले प्रवद्र्धन गर्नेछ भन्ने आशा छ ।’

स्वागत ग्रहण गर्दै कपुरकोट गाउंपालिका प्रमुख सेनले समाज रुपान्तरणमा लाग्नु अत्यन्तै राम्रो कुरा भएको जनाउंदै व्यक्तिको आचरण सुधार्ने कार्यमा आफ्नो साथ र समर्थन रहने जनाएका थिए ।

विश्वको १४० देशमा फैलिएको ब्रह्माकुमारि इश्वरिय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपालका ५ सय बढि स्थानमा छ । र यसले २०५० सालखेदि राप्ती अंचलमा सेवा प्रारम्भ गरेको थियो ।

सल्यान रीममा आफ्नै भवन निर्माण गरेर सेवा दिइरहेको केन्द्रको उपशाखाले सबैलाइ सम्मान गर्नुपर्ने र मनमा सकारात्मक सोंच वृद्धि गर्नुपर्ने भन्दै हरेक दिन कक्षा समेत संचालन गर्दै आइरहेको ब्रह्माकुमारि सोनु सस्नेतले जनाइन् ।

कक्षामा सहभागी भएपछि आफुमा समयाको समाधन गर्न सक्ने क्षमताको विकास भएको र जीवनलाइ वास्तविक रुपमा बुझिएको कपुरकोट गाउंपालिका ५ कि सावित्रा पुनले जनाइन् । अहिले रीम उपशाखामा दैनिक २७ बढिले अध्यन गर्दै आइरहेका छन् ।

सकारात्मक कामको प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्ने जनाउंदै त्यस अवसरमा गाउंपालिका प्रमुख सेनले ब्रह्माकुमारि इश्वरिय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र रीममा स्टेशनरि सामान, साउण्ड सिस्टम, पिउने पानीको अभाव तथा पर्खाल निर्माणको आवश्यकता देखिएकोले सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा सामुदायीक रेडियो प्रशारक संघ अकोराव प्रदेश नम्बर ६ का सदस्य तथा रेडियो कपुरकोटका स्टेशन मैनेजर सन्तोष घर्ती, पत्रकार महासंघ सल्यानका सचिव शंकर केसी, एक्टीभ युथ क्लव कपुरकोटका प्रमुख रुपक बुढा लगाएतले केन्द्रबाट दिइने सकारत्मक सेवा र प्रशिक्षणलाइ हरेक स्थानमा फैलाउन जरुरी रहेको जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य