दिपक अनुरागी/असार १४, कपिलवस्तु । दोस्रो चरणको स्थानीय तह निर्वाचन कपिलवस्तुमा ७५ प्रतिशत मत खसेको छ । विहान ७ बजे देखि सुचारु भएको मतदान प्रकियामा साझ ५ बजे सम्म "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिपक अनुरागी/असार १४, कपिलवस्तु । दोस्रो चरणको स्थानीय तह निर्वाचन कपिलवस्तुमा ७५ प्रतिशत मत खसेको छ । विहान ७ बजे देखि सुचारु भएको मतदान प्रकियामा साझ ५ बजे सम्म "/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा ७५ प्रतिशत मत खस्यो

१४ असार २०७४, बुधबार १२:४४


दिपक अनुरागी/असार १४, कपिलवस्तु । दोस्रो चरणको स्थानीय तह निर्वाचन कपिलवस्तुमा ७५ प्रतिशत मत खसेको छ । विहान ७ बजे देखि सुचारु भएको मतदान प्रकियामा साझ ५ बजे सम्म ७५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलयका प्रमुख ज्ञानहरी घिमिरेले जानकारी दिनुभएको छ । 

जिल्लाका १० स्थानीय तहका २ सय ३३ मतदान स्थलका ३ सय ८७ केन्द्र रहेका थिए । सबै मतदान केन्द्रमा कपिलवस्तुका नागरिकले मतदान गरेका छन् । लामो समयपछि मतदान गर्न पाएपछि मतदाता निकै उत्साहित देखिएका थिए । मतदान केन्द्रमा मतदाताहरु विहानै देखि लाइनमा बसेका थिए । विहान पानी पर्ने संकेत देखिए पनि जिल्लामा आज मौसमले पनि साथ दिएको छ । 

यसैगरि जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सकिएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले जानकारी दिनुभयो । राजपा नेपाल र नेकपाको आधार इलाका बोलियो मानिएको कपिलवस्तुमा शान्तिपुर्ण मतदान भएको हो । राजपाका नेताहरुले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएको कारण पनि जिल्लामा निर्वाचन शान्तिपुर्ण रुपमा भएको प्रहरीले जनाएको छ । 


विशेषगरी जिल्लाको कपिलवस्तु, महाराजगञ्ज, कृष्णनगरनगरपालिका र यशोधरा र मायादेवी गाउपालिकामा राजपाको राम्रै पकेट क्ष्ाँत्र मानिएको थियो तर यि स्थानीय तहमा मतदाताले निर्वाचनमा उत्साह रुपमा भाग लिएका छन् ।

यसैगरि नेपाल कम्युनिष्ट पार्टिको आधार इलाका मानिएको शिवराज नगरपालिकाको वडा नम्बर ९ शिवगढीमा पनि शान्तिपुर्वक मतदान भएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक प्रह्लाद सुवेदीले जानकारी दिनुभयो । साविक शिवगढी गाविसमा पर्ने यस क्षेत्रमा नेकपाको आधार इलाका मानिन्छ । नेत्र विक्रम चन्द्र (विप्लव)को घरपनि यहि क्षेत्रमा छ । 

कुल ५ सय २६ जन प्रतिनिधी चयनका लागी बुधबार भैरहेको स्थानीय तहको निर्वाचनमा ३ हजार १ सय ३६ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । भने कुल २ लाख ८६ हजार ५ सय ४८ मतदाता रहेका थिए ।

यता जिल्लामा १ सय १० बर्षिय एक जना बृद्धाले मतदान गर्नुभएको छ । जिल्लाको वाणगंगा नगरपालिका ११ हथौसा घरबुदिया निवासी पुर्णकला ज्ञवालीले मतदान गर्नुभएको हो । उहालाई मतदान स्थलका कर्मचारीले उचालेर मतदान केन्द्रमा पु¥याएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी