प्रज्वल पाैडेल । असार १४, काठमाडौं ।अचारसंहिता उलङ्घन गरेकाे भन्दै निर्वाचन आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रेस चौतारी नेपाललाई स्पष्टीकरण स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल । असार १४, काठमाडौं ।अचारसंहिता उलङ्घन गरेकाे भन्दै निर्वाचन आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रेस चौतारी नेपाललाई स्पष्टीकरण स"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माैन अवधिमा पत्रकार सम्मेलन गरेकाे भन्दै अाेली र प्रेस चौतारीलाई स्पष्टीकरण माग

२०७४, १४ असार बुधबार १२:४८


प्रज्वल पाैडेल । असार १४, काठमाडौं ।अचारसंहिता उलङ्घन गरेकाे भन्दै निर्वाचन आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रेस चौतारी नेपाललाई स्पष्टीकरण साेधेकाे छ । आयोगले मौन समयमा बोलेको भन्दै ओलीलाई र प्रेस चौतारी नेपाललाई मंगलबार पत्र लेखेको हाे । 

मौन समयमा असार १२ गते साेमबार एमाले पार्टी कार्यालय धुम्बाराहिमा गरेकाे पत्रकार सम्मेलनकाे विषयलाई लिएर स्पष्टिकरण सोधेको छ । मौन समय चलिरहेका बेला चौतारीको आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले पछिल्लो समयमा भएका गतिविधिका विषयमा अाफ्ना धारणा राखेका थिए ।

यसैबीच प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले अायाेगकाे पत्र प्राप्त भएको बताएका छन् । उनले पुर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष अाेलीसँगकाे पत्रकार सम्मेलनमा भोट मागेको नभई देशभरी निर्वाचन प्रभावित पार्न के–कस्ता गतिविधि भएका छन् भनेर जानकारी लिएकाे बताएका छन् । माैन अवधिमा पत्रकार सम्भेलन गर्न मिल्थ्याे र भन्ने साझासबाल सहकर्मीकाे प्रश्नकाे जवाफमा बस्नेतले अन्तरसंवाद गर्न संविधानले रोकेको छैन, अयोगले के भन्छ त्यसकाे पछि लाग्नु आवश्यक नभएको प्रतिक्रिया दिए । उनले भने-" हामीले अाचारसंहिता विपरितका गतिविधि पत्रकार सम्भेलनमा गरेका छैनाै ।"

बस्नेतले भने -'निर्वाचनलाई प्रभावित पार्ने गरी खरदार समेत सरुवा गर्नु हुँदैन भन्ने तर आफै आफ्नो कार्यालयका सचिवलाई सरुवा गर्ने ? 

आयोगले स्पष्टिकरण सोधेपछि एमाले र चौतारी दुवै संस्थाले पूर्वाग्रही ढंगले आयोगले स्पष्टिकरण सोधेको प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी