प्रज्वल पाैडेल । असार १४, काठमाडौं ।अचारसंहिता उलङ्घन गरेकाे भन्दै निर्वाचन आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रेस चौतारी नेपाललाई स्पष्टीकरण स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल । असार १४, काठमाडौं ।अचारसंहिता उलङ्घन गरेकाे भन्दै निर्वाचन आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रेस चौतारी नेपाललाई स्पष्टीकरण स"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माैन अवधिमा पत्रकार सम्मेलन गरेकाे भन्दै अाेली र प्रेस चौतारीलाई स्पष्टीकरण माग

१४ असार २०७४, बुधबार १२:४८


प्रज्वल पाैडेल । असार १४, काठमाडौं ।अचारसंहिता उलङ्घन गरेकाे भन्दै निर्वाचन आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रेस चौतारी नेपाललाई स्पष्टीकरण साेधेकाे छ । आयोगले मौन समयमा बोलेको भन्दै ओलीलाई र प्रेस चौतारी नेपाललाई मंगलबार पत्र लेखेको हाे । 

मौन समयमा असार १२ गते साेमबार एमाले पार्टी कार्यालय धुम्बाराहिमा गरेकाे पत्रकार सम्मेलनकाे विषयलाई लिएर स्पष्टिकरण सोधेको छ । मौन समय चलिरहेका बेला चौतारीको आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले पछिल्लो समयमा भएका गतिविधिका विषयमा अाफ्ना धारणा राखेका थिए ।

यसैबीच प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले अायाेगकाे पत्र प्राप्त भएको बताएका छन् । उनले पुर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष अाेलीसँगकाे पत्रकार सम्मेलनमा भोट मागेको नभई देशभरी निर्वाचन प्रभावित पार्न के–कस्ता गतिविधि भएका छन् भनेर जानकारी लिएकाे बताएका छन् । माैन अवधिमा पत्रकार सम्भेलन गर्न मिल्थ्याे र भन्ने साझासबाल सहकर्मीकाे प्रश्नकाे जवाफमा बस्नेतले अन्तरसंवाद गर्न संविधानले रोकेको छैन, अयोगले के भन्छ त्यसकाे पछि लाग्नु आवश्यक नभएको प्रतिक्रिया दिए । उनले भने-" हामीले अाचारसंहिता विपरितका गतिविधि पत्रकार सम्भेलनमा गरेका छैनाै ।"

बस्नेतले भने -'निर्वाचनलाई प्रभावित पार्ने गरी खरदार समेत सरुवा गर्नु हुँदैन भन्ने तर आफै आफ्नो कार्यालयका सचिवलाई सरुवा गर्ने ? 

आयोगले स्पष्टिकरण सोधेपछि एमाले र चौतारी दुवै संस्थाले पूर्वाग्रही ढंगले आयोगले स्पष्टिकरण सोधेको प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी