असार १४, काठमाडौँ ।  स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार भएको दोस्रो चरणको निर्वाचनमा ७० प्रतिशत बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १४, काठमाडौँ ।  स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार भएको दोस्रो चरणको निर्वाचनमा ७० प्रतिशत बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाच"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो चरण निर्वाचनमा ७० प्रतिशत बढी मत खस्यो

१४ असार २०७४, बुधबार १३:३९

असार १४, काठमाडौँ ।  स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार भएको दोस्रो चरणको निर्वाचनमा ७० प्रतिशत बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आयोगका अनुसार ७०.५ प्रतिशत मत खसेको छ । यो पहिलो चरणको तुलानामा साढे २ प्रतिशत कम हो । तर, मध्य वर्षामा भएको चुनावमा ७०.५ प्रतिशत मत खस्नु निकै उत्साहपूर्ण भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार सबैभन्दा धेरै मत बाजुरामा ८० प्रतिशत मत खसेको छ भने सबैभदा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको छ । राजनीतिक दलहरुको झडपका कारण केही मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

सोलुखुम्बुको नेचा गाउँपालिकाको तिङ्ला गाउँमा भने एक भोट पनि खसेन भने यता नवलपरासीको एउटा मतदान केन्द्रमा २ मत मात्र खसेको छ । स्थानीय तह पुनर्संरचनाप्रति असन्तुष्टि जनाउँदै स्थानीयले चुनावमा सहभागिता नभएको बताइएको छ ।

दोस्रो चरणमा बुधबार भएको प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाको निर्वाचन केही छिटफुट घटनाबाहेक शन्तिपूर्ण रुपमा सम्पन्न भएको पनि आयोगले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी