सलिम अन्सारी/असार १४, प्युठान । बुधबार भएको स्थानीय तह निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको छ । 

नौ तहको २ सय ८६ मतदान केन्द्रमा भएको निर्वाचनमा क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी/असार १४, प्युठान । बुधबार भएको स्थानीय तह निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको छ । 

नौ तहको २ सय ८६ मतदान केन्द्रमा भएको निर्वाचनमा क"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्युठानमा निर्बाचन शान्तिपुर्ण, ७० प्रतिशत बढी मत खस्यो

१४ असार २०७४, बुधबार १३:४६


सलिम अन्सारी/असार १४, प्युठान । बुधबार भएको स्थानीय तह निर्वाचनमा करिब ७०.७६ प्रतिशत मत खसेको छ । 

नौ तहको २ सय ८६ मतदान केन्द्रमा भएको निर्वाचनमा करिब ७०.७६ प्रतिशत मत खसेको प्युठानका मुख्य निर्बाचन अधिकृत बांसुदेव न्यौपानेले जानकारी दिए । जिल्लाका दुई नगरपालिका, सात गाउँपालिकामा १ लाख २७ हजार ४४७ मतदाता छन् । उनीहरुको मतबाट ३ सय ६८ जनप्रतिनिधि चयन हुनेछन् ।


जिल्लाका १ सय ८६ मतदान स्थल अन्तर्गत ६४ वटा मतदान केन्द्र तोकिएको थियो । सबै मतदान केन्द्रहरुमा मतदाताहरुले निर्वाधरुपमा मतदाताहरुले भोट हालेका छन् ।

प्युठानमा शान्तिपुर्ण तवरले निर्बाचन सकिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारि दिए । दुर्गम ठाउमा रहेका मतदान केन्द्रबाट राती १ बजे सम्म मतपेटिका सम्बन्धिक निर्बाचन कार्यालयमा ल्याइ सकिने उनले जानकारी दिए ।

मतपत्रका बाकसहरु आ-आफ्ना पालिकामा पुर्‍याउने काम भैरहेको र भोलिदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको छ । राजनीतिक दलहरुको सर्बदलीय बैठक बसेर मतगणनाको समय निर्धारण हुने मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।


कार्यालयका अनुसार जिल्लामा ९० हजार २ सय मत खसेको छ । सरुमारानी गाउपालिकामा जिल्ला मै सबैभन्दा बढी मत खसेको कार्यालय श्रोतले जानकारी दियो । ७६ दशमलव ४९ प्रतिशत मत खसेको हो । यहाँ १० हजार ५ सय १९ कुल मतदाता रहेकोमा ८ हजार ४६ मत खसेको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान