निरोज कुमार थापा। असार १४, रामेछाप | सरकारले बनेपा —नेपालथोक— सिन्धुली —बर्दिबास सडक खण्ड हुँदै खुर्कोट — मन्थली — चरिकोट सडक खण्डमा १० टन भन्दा बढिका सवारी साधान आवागम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... निरोज कुमार थापा। असार १४, रामेछाप | सरकारले बनेपा —नेपालथोक— सिन्धुली —बर्दिबास सडक खण्ड हुँदै खुर्कोट — मन्थली — चरिकोट सडक खण्डमा १० टन भन्दा बढिका सवारी साधान आवागम"/>
१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामेछापका व्यवसायी अान्दाेलनकाे तयारीमा : सिडियाेलाई बुझाए ज्ञापनपत्र

१४ असार २०७४, बुधबार १५:४४

निरोज कुमार थापा। असार १४, रामेछाप | सरकारले बनेपा —नेपालथोक— सिन्धुली —बर्दिबास सडक खण्ड हुँदै खुर्कोट — मन्थली — चरिकोट सडक खण्डमा १० टन भन्दा बढिका सवारी साधान आवागमनमा रोक लगाएपछि रामेछापको तामाकोशी ढुवानी सेवा समितिले आन्दोलन थालेको छ ।

समितिले बुधवार जिल्ला प्रशासन कार्यालय रामेछापमा ज्ञापन पत्र बुझाउँदै आन्दोलन गर्ने चेतावनी दिएको हो ।

जापान सरकारको सहयोगमा निर्मित बनेपा —नेपालथोक— सिन्धुली —बर्दिबास सडक खण्ड र खुर्कोट —मन्थली—चरिकोट सडक खण्डको सडक बनेपछि यातायत ब्यवसायिहरुले भाडाका यात्रुवाहक र मालबाहक ट्रक, मिनि ट्रक, लगाएतका सवारी साधनबाट सिन्धुली, रामेछाप, दोलखामा दैनिक उपभोग्य समान र निर्माण सामग्रीहरु ढुवानी गर्दै आएका थिए । बिगत ३ बर्ष अघि देखि बिपी राजमार्गमा १० चक्के ठुला ट्रक र मिनीट्रकलाई सिन्धुलीले समान ढुवानीमा रोक लगाएको थियो ।

तामाकोशी ढुवानी सेवा समितिका ब्यवसायीहरुले बिपी राजमार्गमा १० टन भन्दा कम क्षमताका ढुवानी साधनहरु मार्फत सामान ढुवानी गरी जिल्लामा दैनिक उपभोग्य सामग्री र निर्माण सामाग्रीको आपुर्ती गदै आएका थिए । त्यस बेला पनि आफुहरुले बिभिन्न अबरोधहरु सामना गर्नुपरेको समितिका अध्यक्ष रबिन कार्कीले बताए ।


समतिका अध्यक्ष कार्कीद्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा २०७३ असार १० गतेको यातायात ब्यवस्था बिभागको विपी राजमार्गमा गाडि र समान सहित १० टन भन्दा बढिका सवारी साधन चल्न नदिने गरिएको निर्णय परिमार्जन गरिनुपर्ने , बिपी राजमार्गमा जुनसुकै यात्रुवाहक मालबाहकक सवारी साधनहरु निर्बाध रुपमा सञ्चालन हुन पाउनु पर्ने र नेपाल सकारको बिपी राजमार्ग अन्तर्गत खुर्कोट — सिन्धुली — भकुण्डे बेसी र खुर्कोट — मन्थली — मालुखोला हुदै तामाकोशी सम्मको सडकमा यात्रुबवाहक र मालवाहक, सार्बजनिक सवारी साधन लाई सडक इजाजत पत्र तत्काल जारी गर्नुपर्ने र राज्यको निकायबाट सिन्धुलीमा रामेछापको ब्यवसायि माथि हुने गरेको बिभेदको अन्त्य हुनपर्ने माग गरिएको छ । ज्ञापन पत्रमा आफूहरुका माग पुरा नभए चरण बद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले सिन्धुलीको प्रशासनसँग आफुले छलफल गर्ने र अन्य समस्या समाधान गर्न आबश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले यातायात ब्यवस्था विभाग सँग समन्वय नगरी समस्या समाधान हुन नसक्ने भन्दै जिल्लाका सरोकारवालासँग आफु सम्बन्धित निकायमा जान तयार रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन