२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलामा कांग्रेस ४ स्थान, एमाले १ स्थानमा बिजयी

१५ असार २०७४, बिहीबार १२:२९

लोकेन्द्रप्रसाद जोशी/असार १५, दार्चुला । दार्चुलाको महाकाली नगरपालिका १ छापरी र लेकम गाउँपालिका वडा नम्बर १ सर्मौली, मार्मा गाउँपालिका वडा नम्बर ६ शेरी र अपी हिमाल गाउँपालीकाको वडा नम्बर १ मा नेपाली काग्रेसले जीत हासिल गरेको छ । 

यस्तै नेकपा एमालेले लेकम गाउँपालीकाको वडा नम्बर २ मा जीत हासील गरेको छ ।  महाकाली नगरपालिकाको वडा नम्बर १ मा कल्यानसिह कुवरको प्यानल विजयी भएका छन् । काग्रेसका कुवरले ५ सय ७३ मत ल्याएर विजयी भएका हुन् । उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका कुन्दनसिह कुवरले ५ सय ३१ मत प्राप्त गरेका थिए । भने नेकपा माओवादी केन्द्रका आनराम कामीले ४९ मत ल्याउनुभएको छ ।

मार्मा गाउँपालिकाको वडा नम्बर ६ मा नेपाली काग्रेसका महादेव डडाल ४ सय ३ मत ल्यायर विजयी भएका छ भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका गणेश कोट्टारीले ३ सय ८० मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका प्रेमसिह धामीले १ सय ४७ मत ल्याए ।

लेकम गाउँपालिकाको १ मा काग्रेसका दौलतसिह साउँद ४ सय ५५ मत ल्याएर प्यानलसहित विजयी हुनुभएको छ । प्रतिद्धन्द्धी नेकपा एमालेका चन्द्रसिह बोहराले २ सय ९५ मत ल्याएका थिए ।

लेकम गाउँपालिकाको वडा नम्बर २ नेकपा एमालेको प्यानल विजयी भएको छ । लेकम गाउँपालिकाको वडा नम्बर २ मा एमालेका भवानसिह धामी ३ सय ५६ मत सहित विजयी भएका हुन् । निकटत प्रतिद्धन्द्धी नेपाली काग्रेसका बहादुर सिह खत्रीले २ सय ९९ र माओवादी केन्द्रका आनसिह धामीले २ सय १५ मत ल्याएका छन् ।

अपि हिमाल गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली काग्रेसका धनसिह जागरी १४६ मत ल्याएर विजयी भएका छन् उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका भरतसिह धामीले १२२ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका कमानसिह जागरीले २७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला