असार १६, बुटवल | रुपन्द्रेहीको बुटवलमा नेपाली कांग्रेसको अग्रता कायमै छ । बुटवल उपमहानगरमा कांग्रेस र माओवादी केन्द्रको तालमेल छ ।
उपमहानगरपालिकाको वडा नम्वर २ गणना भैरहँदा मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डे अगाडी हुनुहुन्छ । उहाँले १ हजार २ सय ४२ मत ल्याउनुभएको छ भने एमालेका मेयरका उम्मेदवार शिवराज सुवेदीले ११ सय ७० मत ल्याउनुभएको छ ।
उपमेयरमा भने एमाले नै अगाडी छ । एमालेका गोमा आचार्यले १ हजार २ सय ८० मत र माओवादी केन्द्रका जगत् पोखरेलले ८ सय ५७ मत ल्याउनुभएको छ ।