ताराबहादुर महत । असार १६, दोलखा । स्थानिय तह निर्वाचनका कारण दोलखा जिल्ला अदालतले यस बर्ष आशातित रुपमा मुद्धा फछ्र्यौट गर्न नसकेको पाईएको छ ।

चालु आर्थिक बर्षको जेठ महिनासम्म कुल लगतको ४४ प्रतिशत मुद्धा मात्र फछ्र्यौट भएको द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असार १६, दोलखा । स्थानिय तह निर्वाचनका कारण दोलखा जिल्ला अदालतले यस बर्ष आशातित रुपमा मुद्धा फछ्र्यौट गर्न नसकेको पाईएको छ ।

चालु आर्थिक बर्षको जेठ महिनासम्म कुल लगतको ४४ प्रतिशत मुद्धा मात्र फछ्र्यौट भएको द"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

निर्वाचनको असर अदालतसम्म

१६ असार २०७४, शुक्रबार ०९:१९

ताराबहादुर महत । असार १६, दोलखा । स्थानिय तह निर्वाचनका कारण दोलखा जिल्ला अदालतले यस बर्ष आशातित रुपमा मुद्धा फछ्र्यौट गर्न नसकेको पाईएको छ ।

चालु आर्थिक बर्षको जेठ महिनासम्म कुल लगतको ४४ प्रतिशत मुद्धा मात्र फछ्र्यौट भएको दोलखा जिल्ला अदालतका श्रेस्तेदार कुलप्रसाद दाहालले जानकारी दिनुभयो । यो अवधिमा कुल लगत ४ सय ७३ रहेकोमा २ सय ७ वटा मुद्धा मात्र फछ्र्यौट भएका छन । अघिल्लो बर्षका बाँकी १ सय ९६ मध्ये १ सय २९ र यसबर्ष दर्ता भएका २ सय ७७ मध्ये ७८ वटा मुद्धा मात्र फछ्र्यौट भएका हुन । जसमध्ये १६ वटा मुद्धामा मेलमिलाप र बाँकीमा फैसला भएको हो ।

स्थानिय तह निर्वाचनका कारण करिब २ महिना इजलाश नै संचालन हुन नसकेको श्रेस्तेदार दाहालको भनाई छ । निर्वाचनको समयमा मुख्य निर्वाचन अधिकृतको रुपमा प्रमुख न्यायाधिशले भुमिका निर्वाह गर्नु परेकोले इजलाश संचालन हुन नसकेको बताईएको छ । त्यसै गरी मुद्धाको बहसका क्रममा प्रमाण स्वरुप आवश्यक पर्ने कागजात समयमै आउन नसक्दा पनि मुद्धा फैसलाको संख्या बढ्न नसकेको हो । चालु बर्षको ११ महनिा वितिसक्दा पनि २ सय ६६ वटा मुद्धा फछ्र्यौट गर्न बाँकी रहेको र असार महिनामा केहि मात्रामा फछ्र्यौट भएपनि अर्को बर्षलाई धेरै भार थपिने अवस्था देखिएको छ ।

गतबर्ष यहि अवधिमा ४ सय ९८ लगत रहेकोमा २ सय ८० वटा मुद्धा फछ्र्यौट भएका थिए । यो संख्या कुल मुद्धाको ५६ प्रतिशत हो । गतबर्ष भन्दा यसबर्ष १२ प्रतिशत कम मुद्धा फछ्र्यौट भएको तथ्याङ्कले देखाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी