ताराबहादुर महत । असार १६, दोलखा । स्थानिय तह निर्वाचनका कारण दोलखा जिल्ला अदालतले यस बर्ष आशातित रुपमा मुद्धा फछ्र्यौट गर्न नसकेको पाईएको छ ।

चालु आर्थिक बर्षको जेठ महिनासम्म कुल लगतको ४४ प्रतिशत मुद्धा मात्र फछ्र्यौट भएको द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असार १६, दोलखा । स्थानिय तह निर्वाचनका कारण दोलखा जिल्ला अदालतले यस बर्ष आशातित रुपमा मुद्धा फछ्र्यौट गर्न नसकेको पाईएको छ ।

चालु आर्थिक बर्षको जेठ महिनासम्म कुल लगतको ४४ प्रतिशत मुद्धा मात्र फछ्र्यौट भएको द"/>

२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

निर्वाचनको असर अदालतसम्म

२०७४, १६ असार शुक्रबार ०९:१९

ताराबहादुर महत । असार १६, दोलखा । स्थानिय तह निर्वाचनका कारण दोलखा जिल्ला अदालतले यस बर्ष आशातित रुपमा मुद्धा फछ्र्यौट गर्न नसकेको पाईएको छ ।

चालु आर्थिक बर्षको जेठ महिनासम्म कुल लगतको ४४ प्रतिशत मुद्धा मात्र फछ्र्यौट भएको दोलखा जिल्ला अदालतका श्रेस्तेदार कुलप्रसाद दाहालले जानकारी दिनुभयो । यो अवधिमा कुल लगत ४ सय ७३ रहेकोमा २ सय ७ वटा मुद्धा मात्र फछ्र्यौट भएका छन । अघिल्लो बर्षका बाँकी १ सय ९६ मध्ये १ सय २९ र यसबर्ष दर्ता भएका २ सय ७७ मध्ये ७८ वटा मुद्धा मात्र फछ्र्यौट भएका हुन । जसमध्ये १६ वटा मुद्धामा मेलमिलाप र बाँकीमा फैसला भएको हो ।

स्थानिय तह निर्वाचनका कारण करिब २ महिना इजलाश नै संचालन हुन नसकेको श्रेस्तेदार दाहालको भनाई छ । निर्वाचनको समयमा मुख्य निर्वाचन अधिकृतको रुपमा प्रमुख न्यायाधिशले भुमिका निर्वाह गर्नु परेकोले इजलाश संचालन हुन नसकेको बताईएको छ । त्यसै गरी मुद्धाको बहसका क्रममा प्रमाण स्वरुप आवश्यक पर्ने कागजात समयमै आउन नसक्दा पनि मुद्धा फैसलाको संख्या बढ्न नसकेको हो । चालु बर्षको ११ महनिा वितिसक्दा पनि २ सय ६६ वटा मुद्धा फछ्र्यौट गर्न बाँकी रहेको र असार महिनामा केहि मात्रामा फछ्र्यौट भएपनि अर्को बर्षलाई धेरै भार थपिने अवस्था देखिएको छ ।

गतबर्ष यहि अवधिमा ४ सय ९८ लगत रहेकोमा २ सय ८० वटा मुद्धा फछ्र्यौट भएका थिए । यो संख्या कुल मुद्धाको ५६ प्रतिशत हो । गतबर्ष भन्दा यसबर्ष १२ प्रतिशत कम मुद्धा फछ्र्यौट भएको तथ्याङ्कले देखाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ