२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा कांग्रेसको गढ माओबादीले भत्कायो

२०७४, १६ असार शुक्रबार १०:२२

असार १६, नवलपरासी । नेपाली कांग्रेसको गढ मानिएको बर्दघाट नगरपालिकाको वडा नम्बर ८ र ९ मा  कांग्रेस गढ भत्किएकोछ । 

साविक पञ्चनगर गाविसको नेपाली काग्रेसले जित्दै आएको र त्यहां वामपन्थीहरुको अवस्था कमजोर मानिएको थियो । तर स्थानीय तहको निर्वाचनमा वडा नम्बर ८ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार कबिराज आचार्यले वडाध्यक्षमा बिजयी हुनुभएको छ । उहाँले  नेपाली काग्रेसका किरण गूरुगलाई पराजित गर्नुभएको हो । 

गुरुंग र आचार्य छिमेकी समेत हुनुहुन्छ । त्यस्तै वडा नम्बर ९ मा नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार चन्द्रकान्त चापागाई बिजयी हुनुभएको छ । उहाँले  नेपाली काग्रेसका उम्मेदवारलाई पराजित गर्नुभएको हो । त्यस्तै काग्रेसका संगठन बलियो रहेको बर्दघाट ९ मा नेपाली काग्रेसबाटै घात भएको भन्दै काग्रेसका नेता कार्यकर्ताले चोकचौराहमा असन्तुष्टि पोखेका छन् । टिकट वितरण प्रकरण विश्वप्रेम पाठकले टिकट पाएपछि नगर सभापति शम्भुलाल श्रेष्ठ असन्तुष्ट भएको समाचार आएको थियो ।

यसै समयमा श्रेष्ठले पार्टीबिरुद्ध मत हालन लगाएको भन्दै  काग्रेस कार्यकर्ता रुष्ट भएका जनाइएको छ । एमालेका बिजयी उम्मेदवार चापागाईलाई टिका लगाइदिएर बधाई समेत दिएको हल्लाले गर्दा समेत  काग्रेस कार्यकर्ता नगर सभापति बिरुद्ध उभिएको बताइएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी