२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका १२ वटा स्थानिय तहमध्ये ७ वटा स्थानिय तहमा मत गणना सकियो

१७ असार २०७४, शनिबार ०२:१२

असार १७, बझाङ । बझाङका १२ वटा स्थानिय तहमध्य ७ वटा स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको छ । 

बाँकी ५ वटा पालिकामा मतगणना चलिरहेको छ । अहिले छविस पाथेभेरी, केदारस्यु खप्तड छान्ना, सुर्मा र जयपृथ्वी नगरपालिकाको मतगणना जारी रहेको छ । जस अन्र्तगत ५ वटा स्थानिय तहमा ने.क.पा एमालेले विजयि हासिल गरेको छ भने २ वटा मा काग्रेसले जित हासिल गरेको छ । दुर्गा थलि, थलारा, मष्टा, वित्थडचिर, तलकोट गाउपालिकामा नेकपा एमालेले विजयि हासिल गरेको छ भने काडा गाउपालिका र बुङगल नगरपालिकामा नेपालि काँग्रेस विजयि भएको छ ।

दुर्गाथलि गाउपालिकाको प्रमुख पदमा नेकपा एमालेका प्रयागराज जोशीले १५९० र उप प्रमुखमा पार्वति देवी जप्रेल ले १५३० मत ल्यायर विजयि हुनु भएको छ ।

मष्टा गाउपालिकाको प्रमुखमा नेकपा एमालेका कर्ण बहादुर कठायत २१६२ र उप प्रमुखमा  भगवति बोहरा २१८२ मत सहित विजयि हुनु भएको छ भने नेपालि काँग्रेसका ज्ञान बहादुर बोहरा १९७१ र उप प्रमुखमा देवि सेठीले १८८२ मत प्राप्त गर्नु भएको थियो ।

काडा गाँउपालिकामा प्रमुखमा नेपालि काँग्रेसका राजेन्द्र धामी र उप प्रमुखमा कल्पना बोहरा विजयि हुनु भएको छ ।

थलारा गाउपालिकाको प्रमुख पदमा नेकपा एमालेका भुवनेश्वर उपाध्यायले २७७८ र उप प्रमुखमा गंगु देवि खडायत ले २६६३ मत ल्यायर विजयि हुनु भएको छ । उहाँका निकटम प्रतिद्धन्दी प्रमुखमा काँग्रेसका  राम खातीले २०८१ र उप प्रमुखमा  पिङकी भण्डारी २०३८ मत प्राप्त गर्नु भएको थियो ।

तलकोट गाउपालिकाको प्रमुखमा पनि नेकपा एमालेकै लाल बहादुर विष्ट २०६४  र उप प्रमुखमा धन लक्ष्मी खत्रि २०५७ मत सहित विजयि हुनु भएको छ । उहाँका प्रतिद्धन्दी नेपालि कााग्रेसका राजेन्द्र सिंहले २ हजार र जयकुमारी ऐडिले २०३७ मत प्राप्त गर्नु भएको छ ।

वित्थड चिर गाउपालिकाको प्रमुखमा पनि एमालेकै प्रेम बोहरा २७११ मत र उप प्रमुखमा जानकी बोहरा २८२६ मत सहित विजयि हुनु भएको छ । उहाका निकटम प्रतिद्धन्दी नेपालि काँग्रेसका धन बहादुर खडकाले २२४२ र उप प्मुख कमला जोशीले २३३० मत ल्याउनु भएको छ ।

बुङगल नगरपालिकामा प्रमुख तथा उप प्रमुखमा नेपालि काँग्रेसका धन ब विष्ट र मिना जाग्री विजयि हुनु भएको छ ।

जयपृथ्वी नगरपालिकाको वडा नं. १ र ३ को नतिजा आईसकेको छ । वडा नं. १ मा नेकपा एमालेका वडा अध्यक्षमा गगन बहादुर सिंह २४६ मत सहित बिजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी स्वतन्त्र उम्मेद्वार देविजङ बहादुर सिंहले १२१ मत ल्याएर पछि पर्नुभयो । त्यस्तै वडा नं. ३ मा नेकपा एमालेका वडाअध्यक्ष उम्मेद्वार कलक ओली  बिजयी हुनु भएको छ । -मकरराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने