२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको लालझाँडीमा माओवादी केन्द्र विजयी

२०७४, १७ असार शनिबार ०२:२४

असार १७, कञ्चनपुर । लालझाँडी गाउँपालिकामा नेकपा माओवादी केन्द्र का अध्यक्ष र उपाध्यक्षका उम्मेदवार विजयी हुनुभएको छ । 

शुक्रबार राति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणामानुसार लालझाँडी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका मदन बडायक र उपाध्यक्षमा माओवादीकै सत्यादेवी महरा विजयी हुनुभएको हो । 

लालझाँडी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयका अनुसार बडायक आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका निर्मल रानालाई १४५ मतले हराउँदै अध्यक्षमा निर्वाचित हुनुभएको छ । 

बडायकले दुई हजार ५०९ र रानाले दुई हजार ३६४ मत तथा उपाध्यक्षमा माओवादी केन्द्रका सत्यादेवी महराले दुई हजार ३४५ र उहाँका निकटम प्रतिद्वन्द्वी एमालेकी फरिता चौधरीले दुई हजार २२१ मत ल्याउनुभएको छ । 

लालझाँडीमा माओवादी केन्द्र र काँग्रेस तीन तीन वडामा विजयी भएका छन् । माओवादी केन्द्र ३, ४ र ६ काँग्रेस १, २ र ५ मा विजयी भएका हुन् । माओवादी केन्द्रबाट क्रमशः वडा नं ३ मा टीकाराम चौधरी, ४ मा बहादुर राना र ६ मा पोतिलाल चौधरी तथा काँग्रेसबाट वडा नं १ र २ मा क्रमशः हेमराज र राना राजा राना तथा ५ मा नन्दलाल अवस्थी निर्वाचित हुनुभएको छ । 

लालझाँडीमा १० हजार आठ हजार ५१ मतदातामध्ये आठ हजार नौ सय ६२ मत खसेका थिए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी