७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका एक/एक स्थानमा काँग्रेस-एमाले विजयी

१७ असार २०७४, शनिबार ०४:२७

असार १७, नवलपरासी । नवलपरासीमा मतगणना सम्पन्न भएको दुई गाउँपालिकामध्ये एक स्थानमा नेपाली काँग्रेस र एक स्थानमा नेकपा (एमाले) विजयी भएका छन् । 

प्रतापुर गाउँपालिकामा काँग्रेस र सुस्ता गाउँपालिकामा एमाले विजयी भएको हुन् । प्रतापुरमा नेपाल लोकतान्त्रिक फोरमका खेमनारायण चौधरीलाई सात सय नौ मतले पराजित गर्दै काँग्रेसका राजकुमार शर्मा अध्यक्षमा विजयी हुनुभएको हो । शर्माको चार हजार चार सय ३६ र चौधरीको तीन हजार सात सय २७ मत छन् । 

उपाध्यक्षमा पनि काँग्रेस विजयी भएको छ । फोरमकी गुनकुमारी थारुलाई एक हजार चार सय ५ मतले हराउँदै काँग्रेसकी अञ्जुकुमारी चौधरी विजयी हुनुभएको हो । चौधरीको चार हजार चार सय ८६ र थारुको तीन हजार ८१ मत छन् । 

नौ वटा वडा रहेको गाउँपालिकामा एक स्वतन्त्रसहित चार काँग्रेस, दुई फोरम र एक एक वडाअध्यक्ष माओवादी र एमालेले जितेका छन् । स्वतन्त्रबाट वडाअध्यक्षमा जित्नेमा कादिर अलि हुनुहुन्छ । 

यसैगरी सुस्ता गाउँपालिकामा काँग्रेसका हसमुद्दिन शेखलाई पाँच सय ५३ मतले पराजित गर्दै एमालेका रामप्रसाद पाण्डेय वडाध्यक्षमा विजयी हुनुभएको छ । पाण्डेयको तीन हजार पाँच सय ११ र शेखको दुई हजार नौ सय ५२ मत छन् ।

 त्यसैगरी उपाध्यक्षमा एमालेकी इन्द्रकुमारी थरुनीले काँग्रेसकी विमला ढुङ्गानालाई सात सय २९ मतले पराजित गर्नुभएको छ । थरुनीको तीन हजार पाँच सय ६५ छ भने ढुङ्गानाको दुई हजार आठ सय ३६ मत छन् । पाँच वटा वडा रहेको गाउँपालिकामा १ र ५ नं वडाका अध्यक्षमा काँग्रेसले जितेको छ । एमालेले २ र ४ तथा राप्रपाले ३ नंमा वडाअध्यक्ष जितेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी