असार १७, नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस मेयर र उपमेयरमा नेकपा एमाले बिजयी भएका छन् ।
प्रमुखमा कांग्रेसका भिमबहादुर थापा क्षेत्रीले ८ हजार ६५९ मत ल्याएर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्दी एमालेकी तारा भण्डारीले ७ हजार ९७३ मत ल्याएकी छन् । उपप्रमुखमा विजयी एमालेका दधिराम अर्यालले ७ हजार ६२८ मत पाएका छन् ।
माओवादीका प्रमुख पदका उम्मेदवार डोलाराज भण्डारीले २ हजार ४०७ र उपप्रमुख पदको उम्मेदवार प्रतिमा कार्कीले २ हजार ४६६ मत पाएका छन् ।