२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल

२०८१, ७ मंसिर शुक्रबार १४:५५

काठमाडौँ | सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेको बताएका छन् । तर, एमाले देश बनाउने अभियानमा रहेको सच्चाइलाई आम जनताले बुझ्नुपर्ने उनको भनाइ छ ।

आज (शुक्रबार) राजधानीको दरबारमार्गमा भएको पार्टीको जागरण सभालाई सम्बोधन गर्दै उनले भने, ‘विकास र समृद्धिको अभियानमा होस् या सामाजिक सुरक्षासहितको लोक कल्याण्कारी राज्य स्थापनामा एमालेले पहल गर्दै आएको छ । तर हाम्रो पार्टीलाई समाप्त पार्नका लागि अनेक प्रकारका प्रपञ्चहरू भइरहेका छन् ।’

महासचिव शंकर पोखरेलले एकीकृत महाकाली सन्धि राष्ट्रवादी भएको दावी गरेका छन् । महासचिव पोखरेलले २०५३ असोज ४ गते नेपाल र भारतका बीचमा भएको महाकाली सन्धि राष्ट्रघाती भएको भए उहिल्यै कार्यान्वयनमा गइसक्ने बताए ।

‘नेकपा एमालेलाई चौतर्फी आक्रमण र घेराबन्दी गरिँदै आएको छ । एमालेलाई समाप्त पार्नका लागि अनेक प्रकारका षड्यन्त्र गरिएको छ । कहिले महाकाली सन्धिका नाममा एमालेलाई विभाजन गर्ने दुष्प्रयत्न गरियो । महाकाली सन्धि वास्तवमा नेपालको राष्ट्रहितको विपक्षमा हुन्थ्यो भने त्यो सन्धि उहिल्यै कार्यान्वयनमा गइसकेको हुन्थ्यो । नेपालको इतिहासका जलस्रोतको उपयोगको सन्दर्भमा त्यो सबैभन्दा राष्ट्रवादीका रूपमा एकीकृत महाकाली सन्धिका रूपमा अगाडि बढाउनका लागि प्रयत्न गर्दा हाम्रो पार्टीलाई बदनाम गर्ने कोसिस मात्र भएन, विभाजन समेत गरियो,’ उनले भने। तर चट्टान बनेर खडा भएका कार्यकर्ता पंक्तिले विभाजन गरेको पार्टीलाई एकताबद्ध बनाएको महासचिव पोखरेलको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न