२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय

२०८१, ७ मंसिर शुक्रबार १५:४७

काठमाडौँ | सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन नमिल्ने निर्णय गरेका छन् । सभामुख घिमिरेले जनमतले गरेको पत्राचार अध्ययन गर्दा सापकोटाले पद जाने गरी कुनै पनि काम गरेको नदेखिएकाले सांसद पदबाट हटाउने सूचना जारी गर्न नमिल्ने निर्णय गरेका हुन् ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख घिमिरेले शुक्रबार निर्णय गरेका हुन् ।

‘सांसद गोमा लाभ सापकोटाको विषयमा पछिल्लो पटक जनमत पार्टीबाट आएको पत्रमाथि सभामुखले दलबाट निष्कासन गर्ने सूचना प्रकाशित गर्न नपर्ने निर्णय गर्नुभएको छ,’ गिरीले भने, ‘सापकोटामाथि अनुशासनको कारबाहीको प्रकृति हेर्दा सांसदबाट निकाल्नुपर्ने प्रकृतिको नभएको निर्णयमा उल्लेख छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ र ३२ लगायतका आधारमा जनमतको पत्रमाथि निर्णय गर्नुभएको हो । उहाँको सांसद पद जाँदैन भन्ने निर्णय भएको छ ।’

सांसद लाभलाई पदबाट हटाउन माग गर्दै जनमतले तेस्रोपटक सभामुखलाई पत्र लेखेका थिए । जनमतका अध्यक्ष सिके राउतले सभामुख घिमिरेलाई भेटेरै लाभलाई पदबाट हटाउन दबाब दिएका थिए ।

राउतले लेखेको कारबाहीसम्बन्धी पत्र २७ कात्तिकमा संसद् सचिवालयमा दर्ता भएको थियो । पार्टी फुटाउन लागेको, ठेकेदारसँग पैसा मागेको, पार्टी विरुद्ध गतिविधि गरेको लगायतका आरोप लगाएर जनमतले लाभलाई सांसदबाट हटाउन पत्राचार गरेको थियो ।

सभामुख घिमिरले दलले अनुशासनको नाममा पूर्वाग्रही भएर आफ्ना सदस्यहरूमाथि कुनै पनि कारबाही गर्न नमिल्ने बताए ।

‘दलीय प्रणालीमा दलका नेता तथा कार्यकर्ताले आफ्नो दलको अनुशासन पालना गर्नु पर्नेमा कुनै द्विविधा छैन । तर, अनुशासनको नाममा कुनै सदस्यले स्पष्ट गल्ती गरेको नदेखिएको अवस्थामा पूर्वाग्रहपूर्ण तरिकाबाट कारवाही गर्ने र पदच्यूत गर्ने वातावरण सिर्जना भयो भने त्यसले लोकतन्त्रको मूल्य र मान्यतामा आघात पुऱ्याउँछ,’ घिमिरेको भनाइ छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने