१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय

७ मंसिर २०८१, शुक्रबार १५:४७

काठमाडौँ | सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन नमिल्ने निर्णय गरेका छन् । सभामुख घिमिरेले जनमतले गरेको पत्राचार अध्ययन गर्दा सापकोटाले पद जाने गरी कुनै पनि काम गरेको नदेखिएकाले सांसद पदबाट हटाउने सूचना जारी गर्न नमिल्ने निर्णय गरेका हुन् ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख घिमिरेले शुक्रबार निर्णय गरेका हुन् ।

‘सांसद गोमा लाभ सापकोटाको विषयमा पछिल्लो पटक जनमत पार्टीबाट आएको पत्रमाथि सभामुखले दलबाट निष्कासन गर्ने सूचना प्रकाशित गर्न नपर्ने निर्णय गर्नुभएको छ,’ गिरीले भने, ‘सापकोटामाथि अनुशासनको कारबाहीको प्रकृति हेर्दा सांसदबाट निकाल्नुपर्ने प्रकृतिको नभएको निर्णयमा उल्लेख छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ र ३२ लगायतका आधारमा जनमतको पत्रमाथि निर्णय गर्नुभएको हो । उहाँको सांसद पद जाँदैन भन्ने निर्णय भएको छ ।’

सांसद लाभलाई पदबाट हटाउन माग गर्दै जनमतले तेस्रोपटक सभामुखलाई पत्र लेखेका थिए । जनमतका अध्यक्ष सिके राउतले सभामुख घिमिरेलाई भेटेरै लाभलाई पदबाट हटाउन दबाब दिएका थिए ।

राउतले लेखेको कारबाहीसम्बन्धी पत्र २७ कात्तिकमा संसद् सचिवालयमा दर्ता भएको थियो । पार्टी फुटाउन लागेको, ठेकेदारसँग पैसा मागेको, पार्टी विरुद्ध गतिविधि गरेको लगायतका आरोप लगाएर जनमतले लाभलाई सांसदबाट हटाउन पत्राचार गरेको थियो ।

सभामुख घिमिरले दलले अनुशासनको नाममा पूर्वाग्रही भएर आफ्ना सदस्यहरूमाथि कुनै पनि कारबाही गर्न नमिल्ने बताए ।

‘दलीय प्रणालीमा दलका नेता तथा कार्यकर्ताले आफ्नो दलको अनुशासन पालना गर्नु पर्नेमा कुनै द्विविधा छैन । तर, अनुशासनको नाममा कुनै सदस्यले स्पष्ट गल्ती गरेको नदेखिएको अवस्थामा पूर्वाग्रहपूर्ण तरिकाबाट कारवाही गर्ने र पदच्यूत गर्ने वातावरण सिर्जना भयो भने त्यसले लोकतन्त्रको मूल्य र मान्यतामा आघात पुऱ्याउँछ,’ घिमिरेको भनाइ छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ