२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओबादीको विजय र्‍यालीमा कांग्रेसको ढुङ्गामुढा

२०७४, १७ असार शनिबार १०:३२

असार १७, रुकुम ।  रुकुममा माओबादी केन्द्रले निकालेको बिजय र्यालीमा कांग्रेसका कार्यकर्ताले ढुङ्गामुढा गरेका छन् ।

भूमे गाउँपालिका ५, का नवनिर्वाचित वडाध्यक्ष टेकप्रसाद बुढासहित अन्य सदस्य र समर्थकमाथि कांग्रेस कार्यकर्ताले शुक्रबार राति ढुङ्गामुढा गरेका हुन् । शुक्रबार नै सीमामा मतगणना सकिएपछि विजय र्‍यालीसहित गाउँ पुगेका जनप्रतिनिधिमाथि एक्कासी ढुङ्गामुढा भएपछि भागभाग भएको थियो ।

सेरावाङ पुगेपछि मतदातालाई धन्यवाद दिएर जनप्रतिनिधिसहितको र्‍याली वडाध्यक्षको घरतर्फ अघि बढेपछि माथिबाट ढुङ्गामुढा गरेको अध्यक्ष टेकप्रसाद बुढाले बताए । नवनिर्वाचित टेकप्रसादको घरमा पनि कांग्रेस कार्यकर्ताले ढुङ्गामुढा गरेको बताइएको छ । विजय र्यालीलाई स्वागत गर्न बनाइएको स्वागतद्वार पनि उनीहरुले भत्काईदिएका छन् ।

जनप्रतिनिधिमाथि ढुङ्गामुढा भएपछि शुक्रबार राति नै इलाका प्रहरी कार्यालय रुकुमकोटबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । विजय जुलुस गर्ने र विपक्षीबीचमा विवाद भएपछि केहीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक