२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

एमालेको गढ भत्काएर कपिलवस्तुमा महिला वडा अध्यक्षमा बिजयी

२०७४, १७ असार शनिबार १५:३९

दिपक अनुरागी/असार १७, कपिलबस्तु । एमालेको गढ भनेर चिनिएको वाणगंगा नगरपालिका १ मा नेपाली कांग्रेसकी महिला उम्मेद्वारले चुनाव जिते पछि कपिलवस्तुमा राजनितिक तरङ मच्चिएको छ । 

कांग्रेसकै कतिपय जिल्ला स्तरका नेताले समेत नपत्याएको ठाउमा महिला उम्मेद्वारले चुनाव जिते पछि राजनितिक तरङ फैलिएको हो ।

एमालेका वडा अध्यक्षका उम्मेद्वार शंकर पाण्डेलाई ६३ मतले पराजीत गर्दै कांग्रेसकी बालकुमारी अधिकारीले चुनाव जित्नुभएको छ । एमालेका जिल्ला स्तरका नेता समेत रहनुभएका पाण्डेले १ हजार १ सय २७ मत मात्र पाउनुभएको छ ।

कांग्रेसकी स्थानीय नेता रहनुभएकि अधिकारीलाई यस क्षेत्रमा कमै मात्रले चिन्थे । कांग्रेसले अधिकारीलाई वडा अध्यक्षमा सिफारिस पनि धेरै जनाले अधिकारीलाई चिनेका थिएनन ।

साथै यस वडामा कांग्रेसले चुनाव जित्छ भन्नेमा कांग्रेसका जिल्ला तहका नेता नै ढुक्क थिएनन् । वाणगंगाका ११ वटा वडा मध्ये १० वडामा वडा अध्यक्षको लागि कांग्रेस भित्र तिव्र प्रतिस्पर्धा भएपनि वडा नम्बर १ मा कसैले दावी गरेका थिएनन ।

पछि कांग्रेसबाट वडा नम्बर १ को अध्यक्षमा उठ्ने कोहि नेता नभए पछि कांग्रेसले आफ्नो साधारण सदस्य बाल कुमारी अधिकारीलाई वडा अध्यक्षको उम्मेद्वार बनाएको थियो ।

यता पहिले देखि एमालेको गढ मानेर चिनिएको यस वडामा एमालेले यस क्षेत्रका लोकप्रिय नेता शंकर पाण्डेलाई अध्यक्षको उम्मेद्वार बनाएको थियो । 

यद्यपि पाण्डे यस्ता नेता थिए जस्लाई कांग्रेसका धेरै नेताले मन पराउन्छन् । पाण्डेलाई चुनाव जिताउनकै लागि कांग्रेसले वडा नम्बर १ मा सामान्य नेतालाई उठाएको भन्ने आरोप नलागेको पनि होइन् तर राजनितिमा जे पनि हुन्छ सक्छ भन्ने सोचाईलाई अधिकारीले सत्य प्रमाणित गरिदिनुभएको छ ।

सिंगो जिल्लालाई चकित पार्दै नसोचेको परिणाम निकाले पछि नेपाली कांग्रेसले भव्य विजय ¥याली निकालेको छ । कपिलवस्तुमा सार्वजनिक भएको स्थानीय तहको परिणाममा महिला उम्मेद्वारले जितेको यो पहिलो हो । ¥याली पछि संञ्चारकर्मी समक्ष संक्षिप्त कुराकानी गर्दै अधिकारीले वडाको विकासमा वडाबासीहरुको राय सुझावको आधारमा आफु अगाडी बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी