८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुको वाणगंगामा नगरमा माओबादी केन्द्रलाई सफलता

१८ असार २०७४, आईतवार ०१:५२

 दिपक अनुरागी/असार १८, कपिलवस्तु । वाणगंगा नगरपालिकामा नेकपा माओबादी केन्द्रले खाता खोलेको छ । 

नगरको वडा नम्बर १० मा माओबादी केन्द्रका वडा अध्यक्षका उम्मेद्वार सोमनाथ अर्यालले नेपाली कांग्रेसका लक्ष्मण कडेललाई पराजीत गर्दै जित निकाल्नुभएको छ । अर्यालले कुल खसेको मत मध्ये १ हजार ६ सय ५७ ल्याउनुभयो । उहाले कांग्रेसका कडेललाई ४ सय ९४ मतान्तरले पराजीत गर्नुभएको हो ।

वाणगंगा १० मा विजयी संगै माओबादी केन्द्र कपिलवस्तुले जिल्लाका २ वडामा चुनाव जितेर झण्डा फहराएको छ । यता कपिलवस्तु नगरपालिका वडा नम्बर २, र ३ मा नेपाली कांग्रेसले वडा सहितको प्यानल नै जितेको छ । वडा नम्बर २ मा रामभजन कलवारले वडा अध्यक्ष सहित प्यानल नै जित्नुभएको छ । वडा नम्बर ३ मा प्रकाश गैरेले वडा अध्यक्ष सहित प्यानल नै जित्नुभएको छ ।

शिवराज नगरपालिका वडा नम्बर ४ मा एमालेका सफिक महोम्मदको प्यानल विजयी भएको छ । उहाले राप्रपाका उम्मेद्वारलाई हराउनुभएको हो ।

यता यशोधरा गाउपालिकाको वडा नम्बर ५ मा संघिय समाजबादी र नया शक्तिको प्यानल विजयी भएको छ । गएराती सार्वजनिक भएको नतिजा अनुसार वडा नम्बर ५ मा संयुक्त प्यानलका उम्मेद्वार लइस पठानले वडामा चुनाव जित्नुभएको हो ।

यसैगरि बुद्धभुमि नगरपालिका वडा नम्बर १० मा संघिय समाजबादी फोरमका तोलोकि खर्विनले प्यानल सहित चुनाव जित्नुभएको छ । गएराती सार्वजनिक भएको नतिजा अनुसार खर्विनले कांग्रेसका उम्मेद्वारलाई चुनावमा हराउनुभएको हो ।

गाउपालिका तर्फ विजयनगर गाउपालिकामा ४ बटा वडामा एमालेले जितेको छ । गाउपालिकाको वडा नम्बर १ मा एमालेका उम्मेद्वार इन्द्र थारुले जित्नुभएको छ । वडा नम्बर ७ मा एमालेका दिनेश कुमारले वडा अध्यक्ष जित्नुभएको छ । यस्तै वडा नम्बर २ मा एमालेकै नेपाल थारुले वडा अध्यक्ष जित्नुभएकोछ । 

कपिलवस्तुमा बहुजन शक्ति पार्टि, माओबादी केन्द्र, फोरम लोकतान्त्रिक र स्वतन्त्र उम्मेद्वारले अस्ति नै वडा अध्यक्ष जिति सक्नुभएको छ । १० स्थानीय तह रहेको कपिलवस्तुमा अझै परिणाम आउन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी