२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुको वाणगंगामा नगरमा माओबादी केन्द्रलाई सफलता

२०७४, १८ असार आईतवार ०१:५२

 दिपक अनुरागी/असार १८, कपिलवस्तु । वाणगंगा नगरपालिकामा नेकपा माओबादी केन्द्रले खाता खोलेको छ । 

नगरको वडा नम्बर १० मा माओबादी केन्द्रका वडा अध्यक्षका उम्मेद्वार सोमनाथ अर्यालले नेपाली कांग्रेसका लक्ष्मण कडेललाई पराजीत गर्दै जित निकाल्नुभएको छ । अर्यालले कुल खसेको मत मध्ये १ हजार ६ सय ५७ ल्याउनुभयो । उहाले कांग्रेसका कडेललाई ४ सय ९४ मतान्तरले पराजीत गर्नुभएको हो ।

वाणगंगा १० मा विजयी संगै माओबादी केन्द्र कपिलवस्तुले जिल्लाका २ वडामा चुनाव जितेर झण्डा फहराएको छ । यता कपिलवस्तु नगरपालिका वडा नम्बर २, र ३ मा नेपाली कांग्रेसले वडा सहितको प्यानल नै जितेको छ । वडा नम्बर २ मा रामभजन कलवारले वडा अध्यक्ष सहित प्यानल नै जित्नुभएको छ । वडा नम्बर ३ मा प्रकाश गैरेले वडा अध्यक्ष सहित प्यानल नै जित्नुभएको छ ।

शिवराज नगरपालिका वडा नम्बर ४ मा एमालेका सफिक महोम्मदको प्यानल विजयी भएको छ । उहाले राप्रपाका उम्मेद्वारलाई हराउनुभएको हो ।

यता यशोधरा गाउपालिकाको वडा नम्बर ५ मा संघिय समाजबादी र नया शक्तिको प्यानल विजयी भएको छ । गएराती सार्वजनिक भएको नतिजा अनुसार वडा नम्बर ५ मा संयुक्त प्यानलका उम्मेद्वार लइस पठानले वडामा चुनाव जित्नुभएको हो ।

यसैगरि बुद्धभुमि नगरपालिका वडा नम्बर १० मा संघिय समाजबादी फोरमका तोलोकि खर्विनले प्यानल सहित चुनाव जित्नुभएको छ । गएराती सार्वजनिक भएको नतिजा अनुसार खर्विनले कांग्रेसका उम्मेद्वारलाई चुनावमा हराउनुभएको हो ।

गाउपालिका तर्फ विजयनगर गाउपालिकामा ४ बटा वडामा एमालेले जितेको छ । गाउपालिकाको वडा नम्बर १ मा एमालेका उम्मेद्वार इन्द्र थारुले जित्नुभएको छ । वडा नम्बर ७ मा एमालेका दिनेश कुमारले वडा अध्यक्ष जित्नुभएको छ । यस्तै वडा नम्बर २ मा एमालेकै नेपाल थारुले वडा अध्यक्ष जित्नुभएकोछ । 

कपिलवस्तुमा बहुजन शक्ति पार्टि, माओबादी केन्द्र, फोरम लोकतान्त्रिक र स्वतन्त्र उम्मेद्वारले अस्ति नै वडा अध्यक्ष जिति सक्नुभएको छ । १० स्थानीय तह रहेको कपिलवस्तुमा अझै परिणाम आउन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी