प्रज्वल पाैडेल/असार १८, रामेछाप । पूर्व शिक्षामन्त्री एवम् एमाले नेता गंगालाल तुलाधरले विद्यार्थीलाई एमालेले गलत ठाउँमा प्रयाेग नगर्ने बताउनुभएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/असार १८, रामेछाप । पूर्व शिक्षामन्त्री एवम् एमाले नेता गंगालाल तुलाधरले विद्यार्थीलाई एमालेले गलत ठाउँमा प्रयाेग नगर्ने बताउनुभएको छ ।

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामेछापका विद्यार्थीलाई एमालेले काठमाडौंमा गर्याे सम्मान

१८ असार २०७४, आईतवार ०२:३१



प्रज्वल पाैडेल/असार १८, काठमाडौँ ।
पूर्व शिक्षामन्त्री एवम् एमाले नेता गंगालाल तुलाधरले विद्यार्थीलाई एमालेले गलत ठाउँमा प्रयाेग नगर्ने बताउनुभएको छ ।

शनिबार राजधानीमा नेकपा एमाले रामेछाप -काठमाडौं सम्पर्क मञ्चद्वारा अायाेजित एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएको हाे ।
उहाँले राष्ट्रिय अावश्यकता,स्वाभिमान र देशमा परिवर्तन ल्याउन अनेरास्ववियुले महत्त्वपूर्ण भुमिका खेलेकाे भन्दै विद्यार्थी तथा देशलाई हित नहुने क्रियाकलापमा एमालेले सहभागी नगराउने बताउनुभयाे ।

स्थानीय तहमा एमालेलाई जनताले स्वतस्फूर्त पहिलाे बनाए जस्तै प्रदेश,संघिय प्रतिनिधि सभा जस्ता अाउँदा चुनावमा पनि जनमतद्वारा पहिलो पार्टी बनाउनुपर्ने बताउँदै एमाले पाेलिटव्युराे सदस्य समेत रहेका तुलाधरले भन्नुभयो -"समृद्ध मुलुक बनाउन एमालेकाे सरकार अावश्यक छ यसका लागि बहुमत दिएर सरकारकाे हाक्ने अवसर दिनुस् ।"


कार्यक्रममा सम्पर्क समन्वय कमिटीका सहइञ्चार्ज विजय गुरुङ,सासंद कमला सुवेदी, नेकपा एमालेका एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेल, नेता अर्जुन अधिकारी, एमाले रामेछाप अध्यक्ष शान्तिप्रसाद पाैडेल लगाएत प्रदेश तथा जिल्लास्तरका नेताहरूले मन्तव्य राखेका थिए ।


उनीहरूले सक्षम विद्यार्थी राजनीतिमा अाए शैक्षिकस्तर वृद्धि गर्न सहज हुनुकाे साथै देशले चाडै फड्काे मार्ने बताएका छन् । उनीहरूले अखिलले उठाएकाे मुद्दा एमाले सरकारमा गएकाे बेला सम्बाेधन गर्ने गरिएकोले शैक्षिक गुणस्तर अभिबृद्धि गर्न अनेरास्ववियुमा अावद्ध भएर लाग्न अाग्रह गरेका छन् ।

सम्पर्क मञ्चका अध्यक्ष बद्रि भण्डारीकाे सभाध्यक्षमा भएकाे साे कार्यक्रममा रामेछाप जिल्लाका एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको थियाे ।

अघिल्लाे बर्षहरूमा एसएलसी उत्तीर्ण विद्यार्थीलाई सम्मान गरे जस्तै यस बर्षपनि देशकै उत्कृष्ट अंक प्राप्त गर्न सफल रामेछापका मनिष चाैलागाई लगाएत अन्य विद्यार्थीलाई सम्मान गरिएकाे सम्पर्क कमिटीका सचिव राकेश श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा विभिन्न विद्यालयले रामेछाप -काठमाडौं सम्पर्क मञ्चकाे सिफारिसमा अाउने विद्यार्थीलाई ५० देखि ९० प्रतिशत र सतप्रतिशत छात्रवृत्ति उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान