२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीका ७ स्थानिय तहमध्ये ५ तहको नतिजा सार्बजनिक

१८ असार २०७४, आईतवार ०३:३८

सरु शर्मा/असार १८, नवलपरासी । दोस्रो चरणको निर्बाचन भएका नवलपरासीका ७ स्थानिय तहमध्ये अहिले सम्म ५ स्थानिय तहको नतिजा सार्बजनिक भईसकेको छ । 

नवलपरासीको परासी क्षेत्रका सुनवल नगरपालिका, प्रतापपुर गाउपालिका, सरावल गाउपालिका, सुस्ता गाउपालिका र पाल्हिनन्द गाउपालिकाको नतिजा सार्बजनिक भएको हो । 

सुनवल नगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उम्मेद्वार भिम बहादुर थापा ( भरत ) बिजयी हुनुभएको हो । उहाले ९७०७ मत प्राप्त गर्नुभयो भने उहाका प्रतिद्धन्द्धि एमालेका बिमला अर्यालले ९१८२ मत प्राप्त गर्नुभयो ।

 यसैगरी उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेद्वार दधिराम अर्याल बिजयी हुनुभएको छ।  उहाले ९९१० मत प्राप्त गर्नुभएको हो । उहाका प्रतिद्धन्दि नेपाली काँग्रेसका तारादेवि भण्डारीले ८५५४ मत प्राप्त  गर्नुभएको थियो ।

 यस्तै सरावल गाउपालिकामा अध्यक्षमा मधेशी जनअधिकार फोरम , नेपाल लोकतान्त्रिकका राधेश्याम चौधरी बिजयी हुनुभएको छ भने उपाध्यक्षमा नेपाली काँग्रेसका उत्तमा राय बिजयी हुनुभएको छ । अध्यक्ष चौधरीले ५०४५ मत प्राप्त गर्नुभएको हो भने उहाका प्रतिद्धन्द्धि काँग्रेसका प्रदिप अग्रहरीले ३९१६ मत प्राप्त गरी पराजित हुनुभएको हो ।

यस्तै उपाध्यक्षमा काँग्रेसबाट बिजयी हुनुभएकी उत्तमा रायले ४४५८ मत प्राप्त गर्नुभएको छ भने उहाका प्रतिद्धन्दि मधेशी जनअधिकार फोरम , नेपाल लोकतान्त्रिकका  सुनिता हरिजनलाई पराजित गर्नुभएको हो । उहाले ४३४३ मत प्राप्त गर्नुभएको थियो ।

 यता प्रतापपुर गाउपालिकामा दुबै पदमा नेपाली काँग्रेसका उम्मेद्वार बिजयी भएका छन् । नेपाली काँग्रेसका अध्यक्ष  पदका उम्मेद्वार राजकुमार शर्मा ४४३६ मतका साथ बिजयी हुनुभएको छ भने उहाले आफ्ना प्रतिद्धन्द्धि मधेशी जनअधिकार फोरमका खेमनारायण चौधरीलाई ७०९  मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो ।

चौधरीले ३७२७ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपाध्यमा बिजयी नेपाली काँग्रेसका उम्मेद्वार अन्जु कुमारी चौधरीले ४६८६ मत प्राप्त गर्नुभएको छ भने उहाले आफ्ना प्रतिद्धन्द्धि गुन कुमारी थारुलाई १६०५ मतको ठुलो मतान्तरले पराजित गर्नुभएको हो । थारुले ३०८१ म्त प्राप्त गर्नुभएको थियो ।

 यस्तै पाल्हिनन्दन गाउपालिकामा माओबादि केन्द्रका अध्यक्ष पदका उम्मेद्वार बैजु प्रसाद गुप्ता बिजयी भएका छन् भने उपाध्यक्षमा नेपाली काँग्रेसका पावित्रि कुमारी कोहार बिजयी हुनुभएको छ । अध्यक्ष पदका उम्मेद्वार गुप्ताले ४३५१ मत प्राप्त गर्नुभएको हो भने उहाका प्रतिद्धन्द्धि नेपाली काँग्रेसका राजेन्द्र कुमार साहनीले  ३८६५ मत प्राप्त गरी पराजित हुनुभएके हो ।

यसैगरी उपाध्यक्षमा  नेपाली काँग्रृेसका उम्मेद्वार पावित्रि कोहार ३९१७ मतका साथ बिजयी हुनुभएके छ । उहाका प्रतिद्धन्द्धि माओबादी केन्द्रका अष्टभुजी चौधरीले ३६३५ मत प्राप्त गरी पछाडि पर्नुभएको हो ।

अहिले सम्म प्रतापपुर र  सुस्ता गाउपालिकामा बाहेक अन्य स्थानमा मिश्रित मतपरीणाम आएको छ । वडागत रुपमा पनि सबै स्थानिय तहमा मिश्रित नै मतपरिणाम आएको छ ।

अव बाकि रहेका रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकामा नेपाली काँग्रेसको अग्रता देखिएको छ । रामग्राम नगरपालिकामा नेपाली काँग्रेसका मेयर उपमेयर दुबै पदमा अगाडि छन् भने बर्दघाटमा मेयरमा काँग्रेसका उम्मेद्वार र उपमेयरमा एमालेका उम्मेद्वार अगाडि रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो