९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

निर्वाचन प्रभावित गर्न खोजेको भन्दै एमाले नेताहरू सवार सरकारी गाडी नियन्त्रणमा

१३ मंसिर २०८१, बिहीबार १३:५८

बुटवल | कपिलवस्तुकोशुद्धोदन गाउँपालिका–१ मा हुने उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको आरोपमा स्थानीयले प्रदेश सांसद र नेकपा एमालेका नेताहरू सवार सरकारी गाडी नियन्त्रणमा लिएका छन्।

बिहीबार उक्त वडाको पतरियामा लुम्बिनी प्रदेशसभाको विषेशाधिकार समिति सभापति गिरिधारीलाल न्यौपानेले प्रयोग गर्ने बा १२९७ नम्बरको गाडी स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

गाडीमा प्रदेशसभा सदस्य गिरिधारीलाल न्यौपाने, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष झविलाल पोखरेल लगायत नेताहरू सवार थिए। उनीहरू वडाध्यक्षका उम्मेदवार मोहम्मद ताहिर मुसलमानको पक्षमा मत माग्दै गरेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन्।

मानव अधिकारकर्मीसमेत रहेका स्थानीय रबी ठाकुरका अनुसार नेताहरू चुनावी प्रचारमा संलग्न रहेको देखिएको थियो। सहायक निर्वाचन अधिकृत अमर ओलीले गाडी नियन्त्रणमा लिएको सूचना पाएपछि प्रहरी परिचालन गरिएको बताए ।

गाडी नियन्त्रणमा लिएपछि माओवादी केन्द्र र जसपाका समर्थकहरूले नाराबाजी गरेका थिए। उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल