२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाद्वारा मतपरिणाम अस्वीकार, पुनः मत गणना गर्न माग

२०७४, १८ असार आईतवार १२:३८

नरी बडु/असार १८, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाको नगरप्रमुखमा पराजित राप्रपाका उम्मेदवार पुष्करराज जोशी लख्खाभाईले मत परिणाम अस्वीकार गरेका छन् । 

शुक्रबार राती साढे एक बजे घोषणा भएको नतिजा अनुसार लख्खाभाई कांग्रेसका नरेन्द्रसिंह थापासँग ६२ मतले पराजित भएका थिए । तर मत गणनामा धाँधली भएको भन्दै राप्रपा बैतडीले मतपरिणाम अस्वीकार गर्दै पुनः मतगणना गर्न माग गरेका छ । 

आइतबार सदरमुकाम गोठलापानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै राप्रपाले मतगणनाको समयमा बक्ति निभाउने, टर्च बन्द गर्ने, प्रतिनिधिबाहेक अन्य व्यक्तिहरु निरन्तर मतगणनास्थलमा आवतजावत गर्ने, आफ्ना प्रतिनिधिहरुको सहीछाप विना एकतर्फ ढंगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गरेर धाँधली गरेको उम्मेदवार जोशीको गुनासो छ ।

यस्तै मतगणना स्थलमा संलग्न केही कर्मचारी तथा प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरुको मिलेमतोबाट आफ्ना उम्मेदवारका विपक्षमा मतपरिणाम घोषणा गरेको उनको आरोप छ । ‘मैले ६२ मतले हारेको आधिकारीक जानकारी मलाई भएको छैन र एकतर्फीरुपमा मत परिणाम घोषणा गरियो ।’ उम्मेदवार लख्खाभाईले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी