४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बेलकामा रोकिएको मतगणना सुरु, बदर मत पुनः गणना गरिने

१७ मंसिर २०८१, सोमबार १७:५७

काठमाडौँ | उदयपुरकाे बेलका नगरपालिका वडा नं ९ मा रोकिएको मतगणना पुनः सुरु भएको छ । बदर मतको विषयलाई लिएर विवाद भएको यस वडाको मतगणना फेरि सुरु भएको हो ।

निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताका अनुसार आइतबार रातीसम्म ५ सय मतगणना गरिएको थियो । जसमा २२० मत बदर भएको थियो । उक्त बदर मतको विषयमा विवाद उत्पन्न हुँदा मत गणना रोकिएको थियो ।

सोमबार बिहान बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुङ्गिएको थियो । बैठकबाट सहमतिको प्रयास गरिए पनि सहमति नजुटेपछि थप निर्णयका लागि निर्वाचन आयोगलाई पत्र पठाइएको थियो । कानुन अनुसार अगाडि बढ्न आयोगले निर्देशन दिएपछि पुनः गणना शुरु गरिएको छ ।

तीन हजार १६७ मतदाता रहेको यस वडामा एक हजार ८८५ मत खसेको थियो ।

यस वडाको वडाध्यक्षका लागि ७ जना प्रतिस्पर्धामा छन् । जसमा नेकपा एमालेका मोहन खड्का, नेपाली कांग्रेसका नवराज बस्नेत, नेकपा माओवादी केन्द्रका भरत घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विक, राप्रपाका टिकाप्रसाद फुयाँल, जनता समाजवादी पार्टीका राजकुमार राई र मंगोल नेशनल अर्गनाईजेसन पार्टीका सुरे तामाङ्गको उम्मेदवारी रहेका छन् ।

यस वडामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पदम खड्काको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ